राष्ट्र बैंकले दुई अर्ब दश कराेडको ट्रेजरी बिल बिक्री गर्ने
Investopaper, पौष १३, २०७६
नेपाल राष्ट्र बैंकले २ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। सरकारलाई आवश्यक रकम जुटाउन राष्ट्र बैंकले पुस १४ गते सोमबार ९१ दिन र ३६४ दिन अवधिको उक्त रकम बराबरको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो।
बैंकले बिक्री गर्न लागेको ट्रेजरी बिल मध्ये ९१ दिन अवधिको १० करोड रुपैयाँको ट्रेजरी बिल आगामी चैत १८ गते परिपक्व हुनेछ भने ३६४ दिन अवधिको २ अर्ब रुपैयाँको बिल २०७७ पुस १४ गते परिपक्क हुनेछ।
अनलाईन बिडिङ्ग प्रणाली मार्फत सोमबार मध्याह्न ३ बजेसम्म बोलकबोल गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ। बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।

