ज्योति विकास बैंक लि.को बाह्रौँ बार्षिक साधारण सभा सम्पन्न
Investopaper, माघ ०१, २०७६
ज्योति विकास बैंकको बाह्रौँ बार्षिक साधारण सभा मिति २०७६ पौष २९ गते काठमाडौंमा सम्पन्न भएको छ ।
साधारण सभामा आ.व. २०७५/७६ को बार्षिक प्रतिवेदन, १२.७५ प्रतिशत बोनश शेयर, आ.व. २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती सम्वन्धी प्रस्तावहरु पारित गरिएकाे छ । यस बाहेक सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्नु पर्नेमा एक जना शेयरधनी मन महर्जनको मात्र उम्मेदवारी परेकोले नीज महर्जन निर्विरोध निर्वाचित हुनुभएको छ ।
उक्त कार्यक्रममा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले सञ्चालक समितिको तर्फबाट प्रतिवेदन पेश गर्दै ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वलाई केन्द्रविन्दुमा राखेर शेयरधनीहरुलाई उचित लाभाँश दिँदै सम्पूर्ण नागरिकहरुको हितमा आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेको जानकारी प्रदान गर्नुभयो ।
बैंकका प्रमुख कार्यकारी अधिकृतले शेयरधनीहरुको जिज्ञाशाको जवाफ दिने क्रममा बैंकले तय गरेको उद्देश्य, दुरदृष्टि, ध्येय तथा आधारभूत मूल्य मान्यताहरुमा अडिग रहेर व्यवस्थापनले आफ्ना क्रियाकलापहरु अघि बढाएको जानकारी दिनुभयो ।
