माघे संक्रान्ति पर्वको महत्व, खानपान तथा ऐतिहासिक/जातीय प्रचलन

माघ १, २०७६ | Investopaper

सूर्य संस्कृति, मकर संक्रान्ति पर्व ब्रह्मा, विष्णु, महेश्वर, गणेश, आद्यशक्ति तथा सूर्यको आराधना एवं उपासनालाई पावन व्रत मानिन्छ । जो तन-मन-आत्मालाई नै शक्ति प्रदान गर्दछन् ।

सन्त-महर्षियहरुका अनुसार यसको प्रभावबाट प्राणीको आत्मा शुद्ध हुने विश्वास गरिन्छ। संकल्प शक्ति बढ्नेछ । ज्ञान तन्तु विकसित हुनेछ भने मकर संक्रान्ति यही चेतनाको विकसित गराउनको लागि उपयुक्त पर्व हो। यो पर्व त्यसैले पनि सबै हिन्दूहरुले कुनै न कुनै तरिकाले मनाउने गरेका छन् ।

– विष्णु धर्मसूत्रमा भनिएको छ कि पितृको आत्माको शान्तिका लागि एवं स्व स्वास्थ्यवर्द्धन तथा सर्वकल्याणका लागि तिलको ६ वटा प्रयोग पुण्यदायक मानिन्छ एवं फलदायक मानिन्छ । तिल जलद्वारा स्नान गर्नु, तिल दान गर्नु, तिलबाट बनेको भोजन, जलमा तिल अर्पण, तिलको आहुति र तिलको खेती गर्नु ।

– सूर्यको उत्तरायण पछिदेखि देवीको ब्रह्म मुहूर्त उपासनाको पुण्यकाल प्रारम्भ हुनेछ। यस कालमा परा-अपरा विद्या प्राप्तिको काल समेत मान्ने गरिएको छ । यस समयलाई साधनाको सिद्ध काल पनि मान्ने गरिएका छन्। यस कालमा देव प्रतिष्ठा, गृह निर्माण, यज्ञ कर्म आदि पुनीत कर्म गर्न सकिन्छ। मकर संक्रान्तिको एक दिन पूर्वदेखि नै व्रत उपवासमा बसेर योग्य पात्रलाई दान दिनु आवश्यक हुन्छ ।

– रामायण कालदेखि भारतीय संस्कृतिमा दैनिक सूर्य पूजाको प्रचलन चलिरहेको छ । राम कथामा मर्यादा पुरुषोत्तम श्रीरामद्वारा नित्य सूर्य पूजाको विषय उल्लेख गरिएको छ।

– राजा भगीरथ सूर्यवंशी थिए, जसले भगीरथ तप साधनाको परिणामस्वरूप पापनाशिनी गंगालार्इ पृथ्वीमा ल्याएर आफ्नो पूर्वजलाई मोक्ष प्रदान गराएका थिए । राजा भगीरथले आफ्नो पूर्वजको गंगाजल, अक्षता, तिल समेतले श्राद्ध तर्पण गरेका थिए। त्यतिबेलादेखि माघ मकर संक्रान्ति स्नान तथा मकर संक्रान्ति श्राद्ध तर्पणको प्रथा सुरु भएको हो ।

किन भनियो यो दिनला माघे संक्रान्ति ?

मकर संक्रान्तिमा ‘मकर’ शब्दले मकर राशिलाई इङ्गित गर्दछ। जबकी संक्रान्तिु को अर्थ संक्रमण अर्थात प्रवेश गर्नु हो। मकर संक्रान्तिको दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछ। एक राशिलाई छाडेर दोस्रोमा प्रवेश गर्ने यस विस्थापन क्रियालाई नै संक्रान्ति। सूर्य मकर राशिमा प्रवेश गर्ने भएकोले यस संक्रान्तिलाई मकर संक्रान्ति भनिएको हो। हिन्दू महिना अनुसा पौष पौष शुक्ल पक्षमा र विसं अनुसार माघ १ गते मकर संक्रान्ति अर्थात माघे संक्रान्ति पर्व मनाइन्छ।

यस दिनदेखि सूर्य उत्तरायन हुन्छ

चन्द्रको आधारमा महिनालाई दुई भागमा विभाजन गरिन्छ कृष्ण तथा शुक्ल पक्ष। यस्तै गरी सूर्यको आधारमा वर्षको २ भाग हुन्छ, उत्तरायन तथा दक्षिणायन। यस दिनदेखि सूर्य उत्तरायन हुनेछन्। उत्तरायन अर्थात यस समयदेखि धरतीको उत्तरी गोलार्द्ध सूर्यको सम्मुखमा जानेछ, अर्थात् उत्तरदेखि नै सूर्य निस्कन लाग्दछ।

यसलार्इ सोम्यायन पनि भनिन्छ। ६ महिना सूर्य उत्तरायन हुनेछ र ६ महिना सूर्य दक्षिणायण हुनेछ। त्यसैले यस पर्वलाई उत्तरायणको रुपमा पनि मानिन्छ। मकर संक्रान्तिदेखि कर्कट संक्रान्तिसम्म सूर्य उत्तरायण हुनेछन्।

यस पर्वको भौगोलिक विवरण

पृथ्वी साढे २३ डिग्री अक्षमा झुकेर सूर्यको परिक्रमा गर्दछ। यसरी परिक्रमा गर्दा वर्षको ४ स्थिती यस्तो हुन्छ कि सिधा किरण २१ मार्च तथा २३ सेप्टेम्बरलाई विषुवत रेखा, २१ जूनलाई कर्क रेखा तथा २२ डिसेम्बरलाई मकर रेखामा पर्दछ।

वास्तवमा चन्द्रमाको बाटो २७ नक्षत्रमा बाँडिएको छ जबकि सूर्यको बाटोलाई १२ राशिमा बाँडिएको छ। ज्योतिष विज्ञान अनुसार यही १२ संक्रात्निमध्ये मुख्य ४ वटा संक्रान्तिलाई महत्वका साथ हेरिएको छ। ती हुन् मेष, तुला, कर्क तथा मकर संक्रान्ति।

नयाँ अन्न भित्र्याउने उमंग

यस दिनदेखि वसन्त ऋतुको समेत सुरु हुनेछ। तथा यो पर्व सम्पूर्ण भारतीय उपमहाद्वीप भरको उत्पादनको आगमनको खुशीको रुपमा मान्ने गरिएको छ। एक किसिमको फसललाई मंसिरमा नै काटेर तोरी फापर लगायतका मनमोहक फसलले गर्दा यो पर्वलाई झनै महत्व दिने गरेको छ।

पर्वको सांस्कृतिक महत्व

मकर संक्रान्तिलाई नेपाल तथा भारतमा अलग अलग तरिकाले मनाउने गरिन्छ। भारतका विभिन्न राज्यहरुमा यसलाई भिन्न भिन्न तरिकाले मनाइन्छ। उत्तर भारतमा यस पर्वलाई लोहडी, खिचडी पर्व, पतन्गोत्सव आदि पर्वको रुपमा मनाईन्छ। मध्यभारतमा यसलाई संक्रान्ति भनिन्छ। मकर संक्रान्तिलाई उत्तरायन, माघी, खिचडी आदि नामले समेत बुझ्ने गरिएको छ।

तिलको लड्डू तथा चाकूको पर्व

जाडो मौसममा वातावरणको तापक्रमएकदमै कम हुनेकारणले शरीरमा रोगव्याधीको सम्भावना बढी हुन्छ। यसैको रोकथामको प्रतिकात्मक कारण यस दिन तिल आदि परिकारले बनेको मिष्ठान्न तयार पारेर खाने गरिएको छ।

यसमा गर्मी पैदा गर्ने तत्व हुने भएकोले बैज्ञानिक कारणले पनि यसलाई प्रचलनमा ल्याइएको हो। यसमा शरीरको लागि लाभदायक पोषक पदार्थ समेत पाईन्छ। उत्तर भारतमा यस दिन खिचडीको भोग दिइन्छ। यस दिन त्यहाँ गुड, तिल, रेवडी, गजक लगायतलाई प्रसादको रुपमा बाँड्ने गरिएको छ।

स्नान, दान, पुण्य तथा पूजा

मानिन्छ कि यस दिन सूर्य आफ्ना पुत्र शनिदेवसँग सबै सम्पत्ति त्यागेर उनको घर गएका थिए। त्यसैले यस दिन पवित्र नदीमा स्नान, दान, पूजा आदि गर्दा पुण्य हजार गुना मिल्ने विश्वास छ। यस दिन गंगासागरमा मेला समेत लाग्दछ। यसै दिन मलमास समेत समाप्त हुने तथा शुभ महिना सुरु हुने भएको कारणले यस दिनको दानलाई अझ महत्वका साथ हेर्ने गरिएको छ।

गोरु जुधाउने पर्व

माघे संक्रान्तिलाई गोरु जुधाउनने पर्वको रुपमा पनि मान्ने गरिएको छ। यस दिन नेपालका मध्ये पहाडी भेगमा विशेषगरी महत्वका साथ यस पर्व मनाउने गरिएको छ। नेपालको नुवाकोट धादिङ जस्ता जिल्लामा विशेषगरी सयौं हल गोरु जुधाएर सांस्कृतिक पक्षलाई अझ रोचकता थप्ने गरेका छन्।

राम्रो दिनको शुरुआत

भगवान श्रीकृष्णले समेत उत्तरायनको महत्व बताउँदै गीतामा भनेका थिए – उत्तरायनको ६ महिना विहान विहानै सूर्यदेवको प्रार्थना गर्ने हो भने पृथ्वी प्रकाशमय बन्ने छ। यही प्रकाशमा शरीरत्याग्ने व्यक्तिको पुनर्जन्म हुने छैन। उनीहरु सिधै ब्रह्मलोकबासी बन्नेछन्। त्यसैले भीष्मपितामहले त्यतिबेलासम्म आफ्नो शरीर त्यागेका थिएनन् जतिबेलासम्म सूर्य उत्तरायण्न भएको थिएन।

ऐतिहासिक तथ्‍य

हिन्दू धर्मशास्त्रका अनुसार मकर संक्रान्तिदेखि नै देवताहरुको दिन सुरु हुन्छ। जुन आषाढ महिनासम्म चल्दछ। महाभारत कालमा भीष्म पितामहले आफ्नो देह त्याग्नको लागि मकर संक्रान्तिको नै दिन चयन गरेका थिए। मकर संक्रान्तिको दिन नै गंगाजीले भगीरथको पछिपछि गएर कपिल मुनीको आश्रमहुँदै सागरमा गएर विलिन भएकी थिइन्। महाराज भगीरथले आफ्नो पूर्वजको लागि यसैदिन तर्पण गरेका थिए। यसकारण मकर संक्रान्तिमा गंगासागरमा मेला लाग्ने गरेको छ।

— विभिन्न पत्रपत्रिकाकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *