कामना सेवा र नेपाल क्लियरिङ्ग हाउस बीच आर.टि.जि.एस. सम्झौता

Investopaper, माघ ०१,  २०७६

कामना सेवा विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस बीच २८ पुस, २०७६ मा आर.टि.जि.एस. (RTGS) सम्झौता सम्पन्न भएको छ ।

नेपाल क्लियरिङ्ग हाउससँग भएको सम्झौता अनुसार बैंकका ग्राहकहरुले IPS/Connect IPS सुविधा अन्तर्गत आर.टि.जि.एस. (RTGS) सुविधा प्राप्त गर्न सक्ने छन्, जसबाट अन्तर बैंक भुक्तानी सुविधामा सहजता आउनेछ । यस अघि बैंकले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागसँग पनि आर.टि.जि.एस. (RTGS) सम्झौता गरि सकेको छ ।

यस बैंकले देशका विभिन्न स्थानमा ११४ वटा शाखा तथा ६० वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *