ग्लोबल आइएमई बैंकद्वारा निक्षेप विमा वापतको चेक हस्तान्तरण
इन्भेष्टोपेपर । फागुन १३, २०७६
ग्लोबल आइएमई बैंक लिमिटेडेको पानीपोखरी शाखामा नवरत्न कर्मचारी बचत खाता खोली कारोबार गर्दै आउनु भएका स्वर्गीय राजु गिरीको सडक दुर्घटनामा परी मृत्यु भएको हुँदा विमितले पाउने रकम रु ५ लाख निजको परिवारलाई हस्तान्तरण गरेको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले स्वर्गीय राजु गिरीको परिवारलाई विमा वापतको रकम हस्तान्तरण गर्नुभयो ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले २७० शाखा, ३७ राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४९ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना १९ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
