ग्लोबल टपअप मुद्दती निक्षेप योजना

इन्भेष्टोपेपर । फागुन १९, २०७६

ग्लोबल आइएमई बैंक लिमिटेडले निक्षेपकर्तालाई नियमित बचतको लागि उत्प्रेरित गरी उच्च प्रतिफल प्रदान गर्न ग्लोबल टपअप मुद्दती निक्षेप योजना संचालनमा ल्याएको छ । यस योजनामा न्यूनतम रु दश हजारमा सहभागी हुन सकिने छ ।

जस अन्तर्गत व्यक्तिगत निक्षेपकर्ताले ६ महिना देखि ६० महिनाको अवधि छनौट गरी वार्षिक ९.७५ प्रतिशतसम्म व्याज प्राप्त गर्न सक्नेछन् । साथै यस योजनामा निक्षेपकर्ताले इन्टरनेट बैंकिंग वा मोबाइल बैंकिङ्ग मार्फत रकम ट्रान्सफर गरी उक्त समयावधीभित्र मौज्दात रकम थप गर्न सक्ने सुविधा समेत रहेको छ ।

ग्राहकहरुले आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा ग्लोबल टपअप मुद्धती खाता खोली यो योजनामा सहभागी हुन सक्नेछन् । बैंकले हाल देशभर २७० शाखा संजाल, २४९ शाखा रहित बैंकिङ्ग, ३४ एक्सटेन्सन काउन्टर र २५७ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

बैंकले वित्तीय सेवाको पहुँच नपुगेका देशका विभिन्न सुगम तथा दुर्गम स्थानहरुमा आफ्ना शाखा संजाल विस्तार गरी स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट नेपालको बैकिङ्ग क्षेत्रमा एक उत्कृष्ट बैंक हुने लक्ष्य राखेको बैंकले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *