मेटलाइफले जनकपुरमा नयाँ एजेन्सी कार्यालयको उद्घाटन
इन्भेष्टोपेपर । फागुन २०, २०७६
मेटलाइफले प्रदेश नं २ अन्तर्गत धनुषा जिल्लाकोे जनकपुरमा नयाँ एजेन्सी कार्यालय खोली आफ्नो संचालन विस्तार गरेको छ ।
कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले अन्य स्थानीय कर्मचारीहरुको उपस्थितिमा कार्यालयहरुको उत्घाटन गर्नुभयो । यो थप नयाँ कार्यालय पछि मेटलाइफको नेपालमा कुल ३३ वटा कार्यालय पुग्ने भएको छ ।
नयाँ एजेन्सी कार्यालय जनकपुरको भानुचोकमा रहनेछ । यसरी भएको विस्तारले धनुषाको जनकपुर क्षेत्रमा रहेका कम्पनीका ग्राहकहरुलाई थप सुबिधा तथा सहजता प्रदान गर्न सहयोग मिल्नेछ भन्ने कुरामा कम्पनीले विश्वास लिएको छ ।
यस कार्यालयले ग्राहकहरुलाई बीमा शुल्क तथा आवेदन संकलन, बीमालेख हस्तान्तरण तथा बीमालेख परिवर्तन र पुनस्र्थापना, ग्राहकको जिज्ञासा अनुरोधहरु बुझ्ने तथा अन्य कागजपत्रहरुको पर्याप्तता हेर्ने जस्ता सेवाहरु प्रदान गर्ने कम्पनीले जनाएकाे छ ।
