मुक्तिनाथ विकास बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटि बीच सहकार्य

इन्भेष्टोपेपर । फागुन १९, २०७६ 

मुक्तिनाथ विकास बैंक लि.र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटि बीच एक सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका सबै ग्राहकहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिका तल उल्लेखित विभिन्न स्थानमा रहेका होटल, रिसोर्ट, रेस्टुरेण्ट र क्याफेका विभिन्न सेवा तथा सुविधामा १०% सम्मको विशेष छुट दिने व्यवस्था भएको छ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकारी समिर शेखर बज्राचार्य र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिका तर्फबाट बिक्रि तथा बजारीकरण निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गर्नुभएको छ । यस सुविधाबाट बैंकका सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।

यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग, आस्वा सेवा, म्(ःब्त् खाता लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताउनु भएको छ ।

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिका स्थानहरु :

  • सिद्धार्थ होटल नयाँ आनन्द, महेन्द्रनगर,
  • सिद्धार्थ होटल टिकापुर, कैलाली,
  • सिद्धार्थ होटल नेपालगञ्ज,
  • सिद्धार्थ कटेज तथा होटल बुटवल,
  • सिद्धार्थ होटल सुन्धारा,
  • सिद्धार्थ होटल ग्राण्डि सिटी, विर्तामोड,
  • सिद्धार्थ सन्नी रिसोर्ट, सुर्खेत
  • सिद्धार्थ रिसोर्ट चिसापनी, कैलाली,
  • सिद्धार्थ रिभरसाईड रिसोर्ट चुम्लीङ्गटार, चितवन
  • सिद्धार्थ कटेज रेस्टुरेण्ट, नेपालगञ्ज
  • सिद्धार्थ कटेज रेस्टुरेण्ट, धोवीघाट
  • सिद्धार्थ कटेज रेस्टुरेण्ट, वुटवल
  • सिद्धार्थ कटेज रेस्टुरेण्ट पुरानो वानेश्वर, काठमाडौं
  • सिद्धार्थ कटेज रेस्टुरेण्ट, तिनकुने
  • एस क्याफे, कोहलपुर
  • एस क्याफे, नेपालगञ्ज
  • एस क्याफे, न्युरोड, काठमाडौं
  • एस क्याफे, जमल, काठमाडौं
  • एस क्याफे, तिनकुने, काठमाडौं

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *