ज्योति विकास बैंकद्वारा अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपाल​लाई सहयोग​

इन्भेष्टोपेपर। चैत्र ५, २०७६

काठमाण्डौ। ज्योति विकास बैंकले दृष्टिविहिनहरुको शिक्षाको सहजताको हेतुले स्थापित अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपाल​लाई कम्प्युटर प्रदान गरि सहयोग गरेको छ​। बैंकले अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपाल​को श्रव्य पुस्तकालयको लागि बुधबार ५ थान कम्प्युटर प्रदान गरेको हो। सामाजिक हितको लागि बैंकले स्थापना गरेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत उक्त सहयोग प्रदान गरिएको हो।

ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपाल​का अध्यक्ष रमेश बावु तिवारीलाई कम्प्युटरहरु हस्तान्तरण गर्नुभ​एको हो। कार्यक्रममा बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक पारस राज कँडेल, सहायक महाप्रबन्धक रामहरि आचार्य तथा संस्थाका उपाध्यक्ष कोपिला गुरुङ र सल्लाहकार सदस्य डा गोविन्द आचार्यको पनि उपस्थिति रहेको थियो।

अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपाल​ले देशभरिका दृष्टिविहिन विद्यार्थीहरुको शिक्षाको हक सुनिश्चित गरी सहज जीवनयापनको लागि अन्य नागरिक सरह सक्षम बनाउन पुस्तकहरु डिजिटलाइज गराइ श्रव्य मैत्री बनाउँदै आएको छ​। यस परियोजनाले बैंकबाट प्राप्त कम्प्युटरहरु पनि श्रव्य पुस्तक उत्पादन​, वितरण तथा विद्यार्थीहरुको प्रयोगको लागि उपयोग गर्नेछ​।

हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ५६ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।  हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब रु. ३४ अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब रु.२९  अर्व लगानी गर्न सफल भएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *