एसईई परीक्षा अर्को निर्णय नभएसम्मका लागि स्थगित: कोरोनाभाइरस
इन्भेष्टोपेपर। चैत्र ५, २०७६
विश्वभर कोरोनाभाइरसको महामारी फैलिरहेको अबस्थालाई मध्यनजर गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बिहीवारबाट सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।
यसअघि उक्त समितिले मानिसहरूलाई भिडभाड हुनसक्ने ठाउँहरू र भेला नहुन आमजनता माझ सूचना निकालेको छ भने अबको डेढ महिना अर्को सूचना नआउदा सम्मलाई बन्द गर्ने समितिले निर्णय गरेको छ।
काेराेनाबारे बुझ्न १११५ मा चौबिसै घण्टा फाेन गर्न सकिने
उपप्रधानमन्त्री पोखरेलले बीबीसीलाई भने, “एसईईको हकमा परिस्थितिको गम्भीरता हेरेर भोलिदेखि हुने भनेको परीक्षालाई स्थगन गर्ने र सम्भावित खतराबाट बच्नुपर्छ र बचाउनुपर्छ भनेर हामीले निर्णय गरेका छौँ।”
परीक्षाको अर्को मिति सूचना निकालेर जानकारी गराइने उनले बताए।
एसईई परीक्षाको तयारी
एसईई परीक्षामा ४ लाख ८२ हजार ७०७ जना परीक्षार्थी सहभागी हुन लागेका थिए।परीक्षा बोर्डले स्वास्थ्यकर्मीसहित परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बताएको थियो।
बिहीवारबाट सुरु हुने भनिएको परीक्षा अर्को शुक्रवारसम्म चल्ने तालिका सार्वजनिक भएको थियो। कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारले बुधवार नै विद्यालयलहरू चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो।
कोरोनाभाइरस अपडेट: विश्वव्यापी महामारीबाट कुन देशमा कति सङ्क्रमण र मृत्यु
कोरोनाभाइरस अपडेट : विश्वभरि कुन देशमा कति सङ्क्रमण र मृत्यु
सत्तारूढ नेकपाको सचिवालय बैठकमा पनि कोरोनाभाइरसको सम्भावित जोखिमहरूबारे छलफल भएको थियो र सचिवालय बैठकपछि कोरोनाभाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकको निर्णयमा परीक्षासम्बन्धी बुँदा परिमार्जन गरिएको थियो।
