काेराेना अपडेटः अमेरिकामा सङ्क्रमित १ लाख नाघे, विश्वभर करिव ६ लाख
इन्भेष्टोपेपर । चैत्र १५, २०७६
चैत्र १५ गते २०७६ बिहानसम्म (सन २०२० मार्च २८) काेराेना भाइरसकाे सबैभन्दा धेरै प्रभाव अमेरिकामा देखिएकाे छ । अमेरिकामा सङ्क्रमितको संख्या १ लाख ४ हजार १ सय ४२ जना पुगेको हो । अमेरिकामा मात्रै १ हजार ६ सय ९६ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै इटालीमा ९ हजार १ सय ३४ जनाको ज्यान गएको छ ।
अहिलेसम्म ५ लाख ९६ हजार ३ सय १२ जना सङ्क्रमित भएका छन् । जसमध्ये १ लाख ३२ हजार ६ सय ७६ जना उपचारपछि निको भएका छन् । अहिले ४ लाख ३६ हजार २ सय ९५ जनाको उपचार चलिरहेको छ । २७ हजार ३ सय ४१ जनाको ज्यान गएको छ ।
सन २०२० मार्च २७ (समय २४.०० बजे जिएमटी) काे डाटाः विश्वका १ सय ९९ देश र दुई वटा पानी जहाजमा भेटिएका कोरोना सङ्क्रमित मध्ये शिर्ष ११ देशहरू ।

अहिलेसम्म निकाे भएर घर फर्कनेमा सबैभन्दा धेरै चिनियाँहरू रहेकाछन । कुल १ लाख ३२ हजार ६ सय ७६ रिकभर भएकाे मध्ये ७४ हजार ५ सय ८८ जना चीनका रहेकाछन । सबैभन्दा पहिले संक्रमण देखिएकाे चीनमा हाल उपचाररत केशहरू ३ हजार ४ सय ६० जना रहेका छन भने अमेरिकामा करिव १ खालकाे संख्या रहेकाेछ । मृत्यु संख्या पनि चीनकाे भन्दा इटली र स्पेनकाे बढी रहेकाे छ ।
सन २०२० मार्च २७ (समय २४.०० बजे जिएमटी) काे डाटाः हाल विश्वमा रहेका काेराेना भाइरसका एक्टिभ केशहरूमध्ये सवैभन्दा धेरै भएका १७ देशहरू ।

— डाटा श्राेतः https://www.worldometers.info/coronavirus/
