लकडाउनको समयमा युनाईटेड ईन्स्योरेन्सको बीमा पोलिसी जारी, नविकरण तथा बीमा दावी दर्ता घरबाटै गर्न सकिने
इन्भेष्टोपेपर । चैत्र १८, २०७६
कोरोना (Covid -19) ले विश्वव्यापीरुपमा निम्त्याएको स्वास्थ माहामारीबाट सुरक्षित रहनको लागि नेपाल सरकारले लकडाउनको आदेश जारी गर्दै आम जनमानसलाई घर भित्रै रहनको लागि अनुरोध गरिरहेको छ । यस्ताे सम्वेदनसिलतालाई मध्यनजर गर्दै युनाईटेड ईन्स्योरेन्स कम्पनीले आफ्ना बीमितहरुको सूविधालाई लकडाउनको समयमा घरबाटै बीमा पोलिसी जारी तथा नविकरण गर्न सकिने व्यवस्था मिलाएको छ ।
हालको परिस्थितीमा कम्पनीले आफ्ना सेवाग्राहीहरुका लागि सबै शाखा कार्यालय ईन्चार्जहरु तथा केन्द्रिय कार्यालयका निम्न व्यक्तिहरुलाई सम्पर्क गरि घरबाटै कम्पनीका सुविधाहरु प्राप्त गर्न सकिने जानकारी गराएकोछ ।
बीमा सेवाको लागि
टोपेन्द्र कटेल ९८५६०६०३७४, कविता उपाध्याय ९८५१२४२९१७ र दिपक खत्री ९८४१८१०४३५
बीमा दावी सेवाको लागि
रविन्द्र राज श्रेष्ठ ९८५१२१७९४९ र सन्तोष लामिछाने ९८५१०४६९३१
कम्पनीले हालको विषम परिस्थितीमा आफ्नो उत्कृष्ठ सेवा दिन तथा चुस्त दुरुस्त बनाउनको लागि आवश्यक प्रविधिको प्रयोग गर्दै अनलाईन सेवा मार्फत अझ परिस्कृत गर्दै आफ्ना बीमितहरुको काम कारवाही सरल र सहज रुपमा विना रोकटोक प्रभावकारी ढंगबाट अघि बढाउने र आगामी दिनहरुमा समय सापेक्ष सुदृढ रुपमा अघि बढाउदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेकोछ ।
यस समवेदनसिल परिस्थितीमा आईपरेका कठिनाईमा कम्पनी बीमितहरुको साथमा रहेको जनाउदै बीमितहरुले बीमालेख जारी गर्न तथा बीमालेख नविकरण गर्न कम्पनीको ईसेवा तथा बैंक खाता रहेको एनआईसी एसिया बैंक मार्फत अनलाईन भुक्तानी गर्न सकिने व्यवस्था मिलाएकोछ ।
यस विषम परिस्थिीतिमा बिमित, अभिकर्ता कर्मचारीहरु लगायत सबै एकजुट भई सकेसम्म घरमै बसी कोरोना भाईरस संक्रमणबाट आफु पनि बचौं अरुलाई पनि बचाऔं साथै आफु सजग बनौं तर त्रसित नबनौं भन्ने अपिल गरेको छ ।
