कोभिड-१९ अपडेट : विश्वभर २३.३० लाखमा संक्रमण, १.६० लाखको मृत्यु
इन्भेष्टोपेपर । वैशाख ०७, २०७७
काठमाडौं । वल्ड्राेमिटरकाे तथ्याँक अनुसार कोभिड-१९ का कारण विश्वभर संक्रमितको संख्या २३ लाख ३० हजार १ सय ५० पुगेको छ भने मृत्यु हुनेको संख्या १ लाख ६० हजार ६ सय ४३ पुगेको छ ।
अमेरिकामा काेराेनाकाे प्रभाव विगत २ हप्तादेखि निकै तेजीकासाथ बढीरहेकाे छ । दैनिक सरदर ३० हजारकादरले नयाँ संक्रमितकाे पहिचान भैरहेकाे छ भने मृत्यु हुनेकाे संख्या पनि सबैभन्दा बढी रहेकाे छ । अमेरिकामा मात्र ७ लाख ३८ हजार ७ सय ९२ जना सक्रमित भेटिएकाछन, जुन विश्वभरका कुल संक्रमितकाे करिब ३१.६७ प्रतिशत हाे । पछिल्लाे २४ घण्टामा ८१ हजार २ सय ८७ जना नयाँ संक्रमित भेटिएका मध्ये २९ हजार ५७ जना अर्थात ३५.७४ प्रतिशत हिस्सा अमेरिकाकाे रहेकाे छ ।
हालसम्म मृत्यु हुनेमा सबैभन्दा धेरै अमेरिकाका रहेका छन् भने त्यसपछि इटाली र स्पेन रहेकाछन । अमेरिकामा मृतक संख्या ३९ हजार १४ पुगेको छ । यसैगरि इटालीमा २३ हजार २ सय २७ जनाले ज्यान गुमाएका छन भने स्पेनमा २० हजार ६ सय ३९ जनाकाे देहावसान भैसकेकाे छ ।

हिजाेकाे तथ्याँक हेर्ने हाे भने नेपालमा थप एक जनामा संक्रमणकाे पुष्टि भै ३१ जना पुगेका छन भने भारतकाे ग्राफ निकै माथि चढीसकेकाे छ । पछिल्लाे २४ घण्टामा भारतमा १ हजार ३ सय ७० जनामा नयाँ संक्रमण र ३५ जनाकाे मृत्यक थपिएर कूल १५ हजार ७ सय २२ जना संक्रमित तथा ५ सय २१ जना मृतक पुगिसकेकाे अवस्था छ ।
निकै तेजीकासाथ राेग फैलिएकाे अर्काे देश फ्रान्समा मृतक संख्या १९ हजार ३ सय २३ पुगेको छ भने संक्रमितको संख्या १ लाख ५१ हजार ७ सय ५३ पुगेको छ ।
यसैगरि बेलायतमा मृतक संख्या १५ हजार ४ सय ६४ र संक्रमितको संख्या १ लाख १४ हजार २ सय १७ पुगेको छ । पछिल्लो २४ घण्टामा बेलायतमा ८ सय ८८ जनाको मृत्यु भएको छ । पछिल्लाे २४ घण्टामा अमेरिका पछि सबैभन्दा बढी मृत्यु बेलायतमा भएकाेछ ।
पछिल्लाे २४ घण्टामा चीनमा जम्मा २७ जनामा नयाँ संक्रमित थपिएका छन भने कसैकाे पनि मृत्यु भएकाे छैन । यसैगरि दक्षिण काेरियामा जम्मा १८ जना विरामी थपिएका छन भने केवल १ जनाकाे मृत्यु भएकाेछ ।
त्यस्तै ५ लाख ९६ हजार ६ सय ८७ जना निको भएका छन् भने १ लाख ६० हजार ६ सय ४३जनाकाे मृत्यु भएकाे छ । यस हिसावले ७९ प्रतिशत बिरामी निकाे भएर घर फर्किएका छा भने २१ प्रतिशतले मृत्युवरण गरेकाछन ।
यसैगरी १५ लाख ७३ हजार २५ जना अद्यापि रहेका बिरामीहरू मध्ये ४ प्रतिशत अर्थात ५५ हजार २ सय ६५ जनामा कडा संक्रमणका लक्षणहरू देखिएकाे हुँदा मृत्युसंग जुधिरहेकाछन् ।
