मोबाइल भिडिओका कारण पाकिस्तानमा दुई युवतीको हत्या

इन्भेष्टोपेपर । जेष्ठ ०५ २०७७

पाकिस्तानमा इन्टरनेटमा व्यापक रूपमा प्रचारित एउटा भिडिओका कारण दुईजना युवतीहरू परिवारबाटै मारिएका छन्। उत्तर र दक्षिण वजीरिस्तानको दुर्गम आदिवासी जिल्लाका ती दुईजनालाई गत साता आफ्नै परिवारका एक सदस्यले गोली हानेर मारेको बताइएको छ।

प्रहरीका अनुसार ती दुई युवतीको एउटा युवकसँगको छोटो भिडिओ सामाजिक सञ्जालमा आएपछि सो हत्या भएको हो। घटनाको अनुसन्धान गर्न प्रहरीको एउटा टोली सो ठाउँमा पठाइएको बताइएको छ।

पाकिस्तानी दैनिक पत्रिका डनले प्रहरीलाई उद्धृत गर्दै बिहीवार दिउँसो खैबर पख्तुनख्वाको शाम प्लेन गर्योम गाउँमा सो घटना भएको बताएको छ। डनका अनुसार १६ र १८ वर्षका युवतीहरूको हत्याको कारण एक युवकले तीनजना युवती देखिने गरि एकान्तस्थलमा लिएको एउटा सेल्फी भिडिओ हो।

प्रहरी अधिकृतले सो भिडिओ एक वर्ष अगाडि खिचिएको तर हालैका सातामा भाइरल भएको सो पत्रिकालाई बताएका छन्। “अहिलेको लागि अन्य कारबाहीभन्दा पनि हाम्रो प्राथमिकता तेस्रो युवती र ती युवकको जीवन जोगाउने हो,” ती अधिकृतले भने।

ह्युमन राइट्स वाचले पाकिस्तानमा महिला र युवतीविरुद्धको हिंसा गम्भीर समस्याका रूपमा रहेको बताएको छ। अभियाकर्मीहरू पाकिस्तानमा प्रत्येक वर्ष एक हजारभन्दा बढी यस्ता ‘इज्जतका लागि हत्या’ हुने गरेको बताउँछन्।

— बीबीसी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *