मृतक महिलाको शिशुसहित पारिवारीक सदस्यको परिक्षण रिपोर्ट कस्ताे आयो ?

इन्भेष्टोपेपर । जेष्ठ ०५ २०७७

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलस्थित धुलिखेल अस्पतालमा कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी युवतीको नवजात शिशु र श्रीमानसहित परिवारका ५ सदस्यको रिपोर्ट आएको छ । उनीहरुमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरेको परीक्षणमा नवजात शिशु, महिलाका श्रीमानसहित परिवारका अन्य पाँच सदस्यमा कोरोना संक्रमण नपाइएको धुलिखेल अस्पतालमा चिकित्सक डा. सुमनराज ताम्राकारले पुष्टि गरे । वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा छोरा जन्माएकी महिला त्यसपछि सिन्धुपाल्चोकस्थित घर गएकी थिइन् ।

त्यसपछि स्वास्थ्यमा समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्था हुँदै उपचारका लागि धुलिखेल ल्याइएको थियो । बिहीबार उनको मृत्यु भएको थियो । उनको दोहोरो परीक्षण गर्दा समेत कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *