आजदेखि देशभरका मालपोत र नापी कार्यालय खुल्ने
इन्भेष्टोपेपर । जेष्ठ २५, २०७७
आजदेखि देशभरका मालपोत र नापी कार्यालयहरू खुल्ने भएका छन्। कोरोना भाइरस संक्रमणको जोखिम फैलिन नदिन लागू गरिएको लकडाउनका कारण ११ चैतदेखि बन्द भएका मालपोत कार्यालय साढे दुई महीनापछि खुल्न लागेका हुन्।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचनामार्फत आजदेखि सेवा पुनः सञ्चालन गर्न देशभरका मालपोत कार्यालयलाई निर्देशन दिएको छ।
सबै कर्मचाीहरूलाइ काममा बाेलाइ कार्यालयहरूमा आवश्यक स्वास्थ्य तथा सुरक्षाका सावधानी अपनाएर सेवा सञ्चालन गर्नकाे लागि कार्यालय प्रमुखलाइ व्यवस्था मिलाउन निर्देशन दिइएकाे छ ।

