नेशनल माइक्रोफाइनान्सको बोनस शेयर खातामा

इन्भेष्टोपेपर । असार १९, २०७७

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीको डिम्याट खातामा बोनस शेयर जम्मा गरिदिएको छ ।

एनआइबिएल एस क्यापिटल लिमिटेड शेयर रजिष्ट्रार रहेकाे कम्पनीेले वार्षिक साधारण सभाबाट पारित ७५ प्रतिशत बोनस शेयर लगानीकर्ताकाे डिम्याट खातामा जम्मा गरिदिएको हो । 

२०७६ मंसिर १५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा भएको छ भने त्यो मिति पश्चत शेयर अभौतिकीकरण गराएका शेयरधनीका हकमा पनि क्रमश बोनस शेयर जम्मा हुने कम्पनीले जानकारी गराएको छ । 

हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीले आफ्नो शेयर अभौतिकीकरण गराएपछि मात्र बोनस शेयर हितग्राही खातामा जम्मा हुनेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *