भर्न छुटला है ! साधना लघुवित्तको आईपीओ पर्सि आइतवारदेखि निष्कासन हुँदैछ
इन्भेष्टोपेपर । असार १९, २०७७
साधना लघुवित्त वित्तीय संस्थाले पर्सि आइतवार (असार २१ गते) देखि सर्वसाधारणकाे लागि आईपीओ (IPO) निष्कासन तथा विक्री खुला गर्ने भएको छ ।
कम्पनीले ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये १० हजार ८९० कित्ता कर्मचारीको लागि, ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता आईपीओ सर्वसाधारणको लागि छुट्याएको छ ।
ग्लोबल आइएमई क्यापिटल बिक्रि प्रवन्धक रहेकाे आईपीओकाे निष्कासन बन्द मिति छिटोमा असार २४ र ढिलोमा साउन ४ गतेसम्म रहेको छ । आवेदकले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
साथै आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र बिक्रि प्रवन्धक ग्लाेवल क्यापिटल तथा तोकिएका शाखा कार्यलयहरुबाट आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्तापूँजी रू. १४ करोड ७७ लाख रहेको छ । आईपीओ निष्कासन बाँडफाँट पश्चात पूँजी रू. २१ करोड ७७ लाख पुग्नेछ ।
