नेशनल माइक्रोफाइनान्सको बोनस शेयर खातामा
इन्भेष्टोपेपर । असार १९, २०७७
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीको डिम्याट खातामा बोनस शेयर जम्मा गरिदिएको छ ।
एनआइबिएल एस क्यापिटल लिमिटेड शेयर रजिष्ट्रार रहेकाे कम्पनीेले वार्षिक साधारण सभाबाट पारित ७५ प्रतिशत बोनस शेयर लगानीकर्ताकाे डिम्याट खातामा जम्मा गरिदिएको हो ।
२०७६ मंसिर १५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा भएको छ भने त्यो मिति पश्चत शेयर अभौतिकीकरण गराएका शेयरधनीका हकमा पनि क्रमश बोनस शेयर जम्मा हुने कम्पनीले जानकारी गराएको छ ।
हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीले आफ्नो शेयर अभौतिकीकरण गराएपछि मात्र बोनस शेयर हितग्राही खातामा जम्मा हुनेछ ।
