अचम्म ! १५ सय बर्ष पुरानाे, भीरमा झुण्डिएको मन्दिर
इन्भेष्टोपेपर । असार २७, २०७७
प्राचीन कालमा धेरै विश्व प्रसिद्ध कला कृतिहरूकाे निर्माण भएकाे थियाे । यस्ते, चिनियाँको मेहनतले बनेको एक प्राचीन मन्दिरले संसारलाई चकित पारेको छ । करीब २ हजार वर्ष लगाएर बनाइएको ग्रेट वाल देखेरै थाहा हुन्छ कि चिनियाँहरु प्रचीन काल देखि नै मेहनती थिए ।
चीनको सान्सी प्रान्तमा रहेको एउटा पाइला राख्ने ठाउँ समेत नभएको भीरमा टाँसेर बनाइएको यो मन्दिर हावामा झुण्डिएको जस्तो देखिन्छ । यस मन्दीरलाइ Hanging monastery वा Xuankong Temple पनि भनिन्छ । मन्दिरलाई १५ सय वर्ष पुरानो मानिन्छ । बौद्ध, ताओ र कन्फुसियस तीन धर्ममा आधारित वास्तुकलाको मिश्रणमा बनाइएको यो मन्दिर संसारभरका पर्यटकको आकर्षण बन्दै आएको छ।
यस मन्दिर क्षेत्रमा ४० भन्दा बढी भवन र मण्डप रहेको छ । थुप्रै प्राकृतिक बाधा, अवरोध झेलेर पनि आजसम्म जस्ताको तस्तै खडा रहेको देखेर यहाँ पुग्ने जो कोही आश्चर्यमा पर्ने गर्छन् । विषेश प्रकारको बलियो र लचिलो काठबाट बनाइएकाले यो यति बलियो रहेको जानकारहरु बताउँछन ।
हालसम्म यसले कयौं शक्तिशाली भूकम्प झेलिसेको छ तथापी कुनै टसमस भएकाे छैन । याे मन्दीरकाे धार्मिक महत्व पनि निकै उँचाेछ । भनिन्छ जुनसुकै धर्म मान्ने मानिसको लागि पनि यो आस्थाको धरोहर रहेको छ र यस मन्दीरकाे दर्शनले मनले चाहेको पुरा हुने बिश्वास गरिन्छ।
— एजेन्सीकाे सहयाेगमा
