पेट्रोलियम पदार्थमा पुनः मूल्य वृद्धि

इन्भेष्टोपेपर । असार २७, २०७७

काठमाडौँ । नेपाल आयल निगमले एक महिनाभित्रै पेट्रोलियम पदार्थको पुनः मूल्य वृद्धि गरेको छ । वृद्धि भएको मूल्य शुब्रबार राति १२ बजेदेखि लागू भएकाे छ ।

निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा रु एकएकका दरले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । नयाँ मूल्यानुसार अब काठमाडौंँमा पेट्रोल प्रतिलिटर रू १०२ तथा डिजेल र मट्टीतेल प्रतिलिटर रू ८८ मा बिक्रीवितरण हुने छ ।

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए तापनि खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *