भारी वर्षाको सम्भावना : आगामी तीन दिनको मौसम अपडेट

इन्भेष्टोपेपर ।  श्रायण १०, २०७७  

काठमाडौ । जल तथा मौसम विज्ञान विभागले आज सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । भारी वर्षाको सम्भावना रहेको क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

देशका बाँकी भागमा आज दिउँसो आँशिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राति पदेश १ र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको विभागले बाँकी क्षेत्रमा सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । यसैबीच, काठमाडौंमा आज दिनभर सामान्य वर्षाको सम्भावना रहेको विभागकी मौसम विद् शान्ति कँडेलले जानकारी दिइन् ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

साउन १० गते (शनिबार) राती : देशभर सामान्य बदली रही केही  स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का  एक वा दुई स्थानमा  मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत  सम्भावना  रहेको छ।

 साउन ११ गते (आईतबार) दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र सुदुर पश्चिम  प्रदेशका एक वा दुई स्थानमा  मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत  सम्भावना रहेको छ।

साउन १२ गते (सोमबार) दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र गण्डकी  प्रदेशका एक वा दुई स्थानमा  मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत  सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  गण्डकी  प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका  थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत  सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथापरामर्श :

देशका  केही  स्थानहरुमा हल्का देखि मध्यम वर्षा  हुनेछ ।  प्रदेश १ र सुदुरपश्चिम प्रदेशका  एक वा दुई स्थानमा  मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत  सम्भावना  रहेकोले ती  स्थानहरुका  नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *