मुक्तिनाथ विकास बैंक र एनसीसी बैैंक बीच सहकार्य

इन्भेष्टोपेपर ।  श्रायण २३, २०७७

मुक्तिनाथ विकास बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैैंक बीच रेमिट्यान्स रकम भुक्तानीको लागि सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ रेमिटमा आएको रकम नेपाल क्रेडिट एण्ड कमर्स बैैंक लि. को करिब १२७ शाखाबाट सजिलै भुक्तानी गर्न सकिने छ ।

उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट मुक्तिनाथ विकास बैंक लि.का सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग र नेपा लक्रेडिट एण्ड कमर्स बैैंक लिको तर्फबाट नेपाल क्रेडिट एण्ड कमर्स बैैंक लिका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले हस्ताक्षर गर्नुभयो । यस सुविधाबाट बैंकका सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदानगर्दै आई रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *