अघिल्लो हप्ता उच्च कारोबार भएका टप ५ बैंकहरु।
शेयर बजारमा अघिल्लो हप्ता बैंकिंङ क्षेत्रका शेयरहरु अधिकांश रुपमा बढेका छन्। यस्तै गरी अघिल्लो साता शेयर कारोबार मूल्यमा पनि उल्लेख्य सुधार आएको छ। शेयर कारोबार मूल्य दुई अर्ब भन्दा माथि नाघेको थियो। यो अघिल्लो हप्ताको तुलनामा ४६ प्रतिशत बन्दा बढिको बृद्धि हो।
बिशेष गरी बैंकका शेयरहरु नै धेरै कारोबार भएको तथ्यांकले देखाएको छ। यो हप्ता पनि लगानीकर्ताले नेप्सेमा सुधार आउने अपेक्षा गरेका छन्। सबैभन्दा बढी कारोबार हुने शेयर को सूचीमा पहिलो दश स्थाननै बैंकले ओगटेको छ।
यदि तपाई यो हप्ता बैंक को शेयर किन्न ईच्छुक हुनुहुन्छ भने तल हेर्नुहोस् अघिल्लो हप्ता उच्च कारोबार भएका टप ५ बैंकहरु।

सबैभन्दा बढी कारोबार एनआईसी एसिया बैंकको भएको थियो भने एनसीसी, प्रभु, एनएमबी र नेपाल बैंकका शेयर पनि उच्च कारोबार भएका थिए।