अष्ट्रेलियन ओपनको उपाधि नाओमी ओसाकाले जितिन्

इन्भेष्टाेपेपर । फागुन ०९, २०७७

काठमाडौं ।  जापानकी नाओमी ओसाकाले अष्ट्रेलियन ओपनको महिलातर्फको उपाधि जित्नुभएको छ । पहिलो पटक अष्ट्रेलियन ओपनको फाइनलमा पुगेकी जेनिफर ब्राडीलाई सोझो सेटमा हराउँदै याे उपाधि माथि कब्जा जमाउनु भएकाे हाे ।

मेलबर्न पार्कमा शनिबार सम्पन्न उपाधिको होडमा ओसाकाले ६–४ र ६–३ को सोझो सेटमा जेनिफर ब्राडीलाई हराउनुभयो । २३ वर्षीया नाओमी ओसाकाको यो चौथो ग्रान्ड स्लाम उपाधि हो ।

सेमीफाइनलमा उहाँले अमेरिकी सेरेना विलियम्सलाई पराजित गर्नुभयो । सेरेना विलियम्सलाइ पनि ६-३ र ६-४ काे साेझाे सेटमा हराउनु भएकाे थियाे । अष्ट्रेलियन ओपनको उपाधि उहाँले दोस्रो पटक उचाल्न सफल हुनुभयो । (एजेन्सीकाे सहयाेगमा)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *