आँधिखोला लघुवित्तको आईपीओ सोमबार बाँडफाँड हुने, कति जनालाई पर्ला ?

Investopaper, असार २९, २०७६

आँधिखोला लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमबार बाँडफाँड हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ३ लाख ७५ हजार कित्ता शेयर असार २२ गतेदेखि जारी गरेको थियाे । २५ गतेसम्म ४ दिनमै १४ दशमलव ५५ गुणा बढी आवेदन परेको थियाे ।

बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार यस आईपीओमा ३ लाख ८ हजार ४१४ जना आवेदकले ५४ लाख ५७ हार ३४० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन् ।

शेयर बाँडफाँडकाे प्रचलित नियमानुसार ३७ हजार ५ सय भाग्यशाली आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन भने वांकि २ लाख ७० हजार ९ सय १४ जनाकाे हात खालि हुनेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *