आठौं कर दिवसकाे अवसरमा १५ विधाका करदाता सम्मानित

Investopaper, मंसिर ०१, २०७६

आठौं राष्ट्रिय कर दिवसको अबसरमा आन्तरिक राजश्व विभागले सबै भन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेको छ ।

यसै अवसरमा  आइतवारबाट  साताव्यापीरुपमा कर सचेतनामूलक कार्यक्रम पनि शुरु गरिएकाे छ भने यसपालीकाे नारा ‘स्वच्छ कर प्रशासन, विकास र सुशासन’ तय गरिएको छ । साताव्यापी कार्यक्रमअन्तर्गत करदातासँग अन्तरक्रिया, कर सचेतना कार्यक्रम, कर मैत्री यात्राअन्तर्गत हास्यव्यंग्यलगायत कार्यक्रम आयोजना गरिदैं छ ।

आठौं कर दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि एवं अर्थमन्त्री डा. युवराज खतिवडाले गत आवमा बढी करतिर्ने १५ विधाका  उद्योगसँग सम्वन्धित् उद्योगीहरुलाई सम्मान गर्नुभयाे ।

सम्मानित १५ विधाका करदाताहरूमा-

  • सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल प्राली,
  • निर्यातकर्ता मध्ये बढी आयकर तिर्ने डाबर नेपाल,
  • उद्योग मदिरा र चुरोट बाहेक धेरै आयकर तिर्ने जगदम्बा स्टिल्स प्राली,
  • कृषि एबम पशुपंक्षीतर्फ अन्नपूर्ण एग्रो सहकारी,
  • लघुबित्त सहकारी सस्थातर्फ छिमेकी लघुवित्त,
  • बैंक बित्तीय संस्था आयकरतर्फ राष्ट्रिय बाणिज्य बैंक,
  • बीमा ब्यवसाय मध्ये बढी आयकर तिर्ने नेपाल लाइफ इन्सुरेन्स,
  • स्वास्थ्य तथा शिक्षामा धेरै आयकर तिर्ने मणिपाल मेडिकल कलेज,
  • सूचना प्रविधि सेवामा सबै भन्दा बढी आयकर वर्ल्डलिन्क कम्युनिकेसन,
  • व्यापार ब्यवसाय मध्ये अग्नि इन्कर्पोरेटेड,
  • पर्यटनमा सबैभन्दा बढी आयकर तारागाउँ रिजेन्सि,
  • मध्यम करदातातर्फ कामना सेवा बिकास बैंक,
  • आन्तरिक राजस्व कार्य क्षेत्र भित्र रही बढी आयकर तिर्ने भिएस मौरिसस,
  • मूल्य अभिवृद्धि करतर्फ घोराही सिमेन्ट इन्डस्ट्रिज र
  • ब्यक्तिगत आयकर तिर्नेमा सिद्दार्थ समशेर जबरा रहेका छन् ।

 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *