एक सय दरका ४० अर्ब रुपैयाँ बराबरको नोट छाप्न बोलपत्र आह्वान

Investopaper, jan 31, 2019

नेपाल राष्ट्र बैंकले एक सय रुपैयाँ अंकित दरका ४० करोड थान नोट छाप्न पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । पहिलो पटक कात्तिक २९ गते आह्वान गरेको बोलपत्रमा कुनै पनि संस्थाले आवेदन नगरेपछि राष्ट्र बैंकले माघ १६ गते दोस्रो पटक बोलपत्र आह्वान गरेको हो ।

नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बराबरको एक सय रुपैयाँ दरका ४० करोड थान नोट छाप्न बोलपत्र आह्वान गरेको हो । बाेलपत्र हाल्ने कम्पनीले नोट डिजाइन, प्रकाशन र आपुर्ति गर्नुपर्ने राष्ट्र बैंकले जानकारी गराएको छ ।

 

बाेलपत्रमा जनाइए अनुसार इच्छुक कम्पनीले फागुन ९ भित्र बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र खरिद गरि पेश गर्नका लागि २० हजार रुपैयाँ लाग्ने छ भने उक्त रकम फिर्ता हुने छैन ।

बोलपत्र खोलिएको १२० दिनसम्म म्याद रहने छ । बोलपत्रका लागि धराैटि वापत ३ करोड १० लाख रुपैयाँ जम्मा गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । बोलपत्र राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटारमा फागुन ९ गते खोलिने राष्ट्र बैंकले बताएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *