आशा लघुवित्तको आईपिओ अाजदेखिः सर्वसाधारणकाे लागी ६ लाख २९ हजार ९३० कित्ता

Investopaper, Feb 01, 2019

नुवाकोटको ककनीमा केन्द्रीय कार्यालय रहेको आशा लघुवित्त वित्तीय संस्थाले माघ १८ गते (आज) देखि ६ करोड ७४ लाख रुपैयाँ बराबरको साधारण शेयर (आईपिओ) निष्काशन गरेको छ। लघुवित्त कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गरेको हो ।

लघुवित्तले निष्काशन गर्ने कूल ६ लाख ७४ हजार कित्तामध्ये १० हजार ३७० कित्ता कर्मचारी र ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका इकाईलाई छुट्टाइएको छ । ६ लाख २९ हजार ९३० कित्ता शेयरमा सर्वसाधारणले आवेदन गर्न पाउनेछन् । जसमा न्यूनतम १० कित्तादेखि ३ हजार ३७० कित्तासम्म आवेदन गर्न सकिनेछ ।

हाल १४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आईपिओ जारी गरेपछि २० करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेकाे छ। हाल निष्कासन गरिएकाे शेयर अाश्वाका सदश्य रहेका वैंक तथा वित्तिय संस्था बाट सजिलै अावेदन दिन सकिने छ । साथै मेराे शेयरका प्रयाेगकर्ताहरूले घरमै बसेर शेयर अावेदन गर्न सक्नु हुनेछ ।

यसैगरी अाशा लघुवित्तले निष्काशन गर्न लागेको आईपिओलाई कर्जा तथा कम्पनी मूल्यांकन गर्ने संस्था केयर रेटिङ्ग नेपालले ‘केयर एनपि आइपिओ ग्रेड ४’ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउँछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *