एनआईसी एसिया बैंकले पस्कियाे लाेभलाग्दाे प्रगतिः कर्जा, निक्षेप र नाफा सबैमा बढाेत्तरी
Investopaper, Jan 15, 2019
काठमाडौं, माघ २ । एनआईसी एसिया बैंक लि. (NIC Asia Bank Ltd.) चालु अार्थिक वर्षकाे दाश्राे त्रयमास (पाैष मसान्त २०७५) सम्मकाे प्रगति विवरण प्रकाशित गरेकाे छ ।
– नाफामा छलांङः
चालु आर्थिक बर्षको ६ महिनामा नाफामा ठूलाे फडकाे मार्दै १६४ दशमलव ३३ प्रतिशतले वृद्धि गरी १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो । जबकि अघिल्लो वर्षको सोहिअवधिमा नाफा ५७ करोड २१ लाख रुपैयाँ कमाएको छ । त्यसैगरि १ खर्ब ७५ अर्ब ७६ करोड ४३ लाख निक्षेप संकलन गरि १ खर्ब ४९ अर्ब कर्जा लगानी गर्न सफल भएको छ ।
बैंकको खुद ब्याज आम्दानी तीन महिना ९३ प्रतिशतले वृद्धि भएको छ । असोज मसान्तमा १ अर्ब ८६ करोड रहेको खुद ब्याज आम्दानी पुसमा मसान्तसम्म ३ अर्ब ६० करोड पुगेको हो । गत वर्षको सोहिअवधिको तुलनामा भने खुद व्याज आम्दानी १३३ दशमलव ४६ प्रतिशतले वृद्धि गरेको छ ।
– जगेडा काेष मजबुदः
एनआईसि बैंककाे चुक्ता पुँजी ८ अर्ब ८३ करोड रुपैयाँ छ भने जगेडाकोषमा ४ अर्ब ४१ करोड १२ लाख रुपैयाँ छुट्टाएको प्रगति विवरणमा उल्लेख छ । त्यस्तै संचालन मुनाफा गत वर्षको तुलनाभन्दा १७२ दशमलव ५७ प्रतितशले वृद्धि गरी २ अर्ब १३ करोड ७० लाख रुपैयाँ आर्जन गरेको छ ।
-वित्तिय सूचकांङ्कमा सुधारः
एनआईसी एसिया बैंकको वित्तिय सूचकांकहरू पनि सप्रिएका छन । प्रति शेयर आम्दानी ३४ दशमलव ३१ रुपैयाँ रहेको छ । बैंकको प्रति शेयर नेटवर्थ १४९ दशमलप ९३ रुपैयाँ र तरलता अनुपात २० दशमलव ८१ प्रतिशत छ । मूल्य आम्दानी अनुपात ११ दशमलव २५ र कूल सम्पतिमा प्रतिफल १ रुपैयाँ ४१ पैसा रहेको छ ।
त्यसैगरि वैंककाे सिडी रेसियो ७८.७१ प्रतिशत रहेको छ । आधार ब्याजदर ९.३३ प्रतिशत रहँदा स्प्रेड दर भने ४.९८ प्रतिशत छ । बैंकको खराब कर्जा ०.३३ प्रतिशत रहेको छ ।
