एसियाको १५ उत्कृष्ट रेष्टुरेन्टको सूची हेर्नुहोस्।
मकाउमा एसियाका ५० उत्कृष्ट रेष्टुरेन्टलाई मंगलबार राती एउटा अवार्ड कार्यक्रम मार्फत सम्मान गरिएको छ। सो कार्यक्रममा एसियाका ठूला सेफहरूले भाग लिएका थिए। विशेषगरी खान पिनको उत्सवको रूपमा सो कार्यक्रम हरेक वर्ष आयोजना गरिन्छ र यसलाई खानपान तर्फको ओस्कर अवार्ड सम्मेलन मानिन्छ। यसै क्षत्र संग सम्बन्धित ३०० जना दिग्गजहरूले विजेताको घोषणा गर्ने गर्छन।
यसपालि पहिलो स्थान भने सिंगापुरको ओडेट रेष्टुरेन्टले हात पार्यो। यस रेष्टुरेन्टका सेफ जुलियन रोयर हुन् र यो रेष्टुरेन्टको विशेषता भनेको यहॉ एसियन स्वादमा फ्रेन्च परिकार पाइन्छ। दोस्रो स्थान भने बैंककमा रहेको ४ पटकको पूर्व विजेता इन्ड्यन रेष्टुरेन्ट गगनले हात पार्यो।
एसियाका ५० उत्कृष्ट रेष्टुरेन्टको सूचीमा सबैभन्दा बढी जापानको (१२) वटा रहेको छ।टोकियो डेन रेष्टुरेन्टले तेस्रो स्थान हासिल गर्दै जापानको उत्कृष्ट बन्न पुगेको थियो।
तल हेर्नुहोस् पन्ध्र उत्कृष्ट रेष्टुरेन्टको सूची।

