ओम डेभलपमेन्ट बैंकको सबै सूचकांकमा अाकर्षक सुधार
Investopaper, Jan 25, 2019
ओम डेभलपमेन्ट बैंक लिमिटेड (Om Development Bank Ltd.) ले अा.व. २०७५/०७६ काे दोस्रो त्रैमास सम्मकाे प्रगति रिपाेर्ट प्रकाशित गरेकाे छ । यस अवधिमा खुद मुनाफा २४ करोड २ लाख रुपैयाँ आर्जन गरी गतवर्षको सोहिअवधिको तुलनामा ५९ दशमलव ८५ प्रतिशतले मुनाफा वृद्धि गरेको हो । गत वर्षको सोही अवधिमा नाफा १५ करोड ३ लाख रुपैयाँ कमाएको थियो ।
ओम बैंकको अाम्दानी बढेसंगै प्रतिशेयर अाम्दानीमा पनि सुधार भएकाे छ । बैंकको इपिएस १४ रुपैयाँ ७ पैसाबाट वृद्धि भई १९ रुपैयाँ ११ पैसा कायम भएको छ । त्यसैगरि चुक्ता पुँजी २ अर्ब ५१ करोड ५२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष १२ करोड ७३ लाखले बढेर १ अर्ब ४ करोड २८ लाख रुपैयाँ पुगेकाे छ ।
यस अवधिमा खराब कर्जा अनुपात १.१७ बाट घटाएर ०.६० प्रतिशतमा झारेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ४६ पैसा र मूल्य आम्दानी अनुपात १०.३१ गुणा बढी छ भने तरलता अनुपात २४ दशमलव ३७ प्रतिशत रहेको छ ।।
बैंकले निक्षेपमा २३ अर्ब ६८ करोड ४७ लाख रुपैयाँ संकलन गरी कर्जामा २१ अर्ब ३४ करोड ६७ लाख रुपैयाँ लगानी गरको छ । जसले खुद व्याज आम्दानीमा ६१ दशमलव ४९ प्रतिशतले बढेर ५२ करोड ३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफामा ६८ दशमलव ०१ प्रतिशतले बढेर ३७ करोड ३२ लाख रुपैयाँ पुगेको छ । प्रोभिजनमा ६ करोड १८ लाख रुपैयाँ छुटाएको छ ।