काठमाडौं महानगरको बजेट १५ अर्ब ५० करोड ७० लाख

Investopaper, असार ११, २०७६ 

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७/०७७ का लागि कुल बजेट १५ अर्ब ५० करोड ७० लाख रुपैयाँ बिनियोजन गरेको छ ।  गरिबी निवारणमा प्रत्यक्ष योगदान दिने र उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने, जीवनस्तर उकास्ने, आय वृद्धि हुने र रोजगारी बढ्ने विषयलाई प्राथमिकतामा राखेको जनाइएकाे छ ।

जसअन्तर्गत पुँजीगत तर्फ (कुल बजेटको १०.८० प्रतिशत) एक अर्ब ५५ करोड ३५ लाख रुपैयाँ छुट्याइएको छ । त्यसै गरी पारिश्रमिक सुविधा खर्चका लागि (कुल बजेटको ९.८१ प्रतिशत) एक अर्ब ४१ करोड ५ लाख, कार्यालय सञ्चालन तथा व्यवस्थापनमा (४.१२ प्रतिशत) ५९ करोड ४३ लाख ५० हजार रुपैयाँ छुट्याएको छ । 

त्यसै गरी महानगरपालिकाले पूर्वाधार सुधार तथा अन्य विकासका कामका लागि (५१.७४ प्रतिशत) ७ अर्ब ४३ करोड ९७ लाख ९२ हजार, जग्गा एकीकरण अयोजनाका लागि १ अर्ब १२ करोड ८२ लाख ७० हजार रुपैयाँ बिनियोजन गरेको छ । बजेटमा सरकार सशर्त अनुदान बापत पूँजीगत खर्च तीन अर्ब ३८ करोड ६ लाख रुपैयाँ छ ।

आन्तरिक आय ७ अर्ब ५६ करोड ६ लाख र बाह्य स्रोतबाट ४ अर्ब १८ करोड ९० लाख रुपैयाँ प्राप्त हुने महानगरको अनुमान छ । महानगरका नाममा बैंकमा रहेको २ अर्ब ६२ करोड ९० लाख र महानगरद्वारा सञ्चालित विभिन्न आयोजनाबाट १ अर्ब १२ करोड आय हुने अनुमान अनुसार बजेट निर्धारण गरिएको छ ।

चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षको बजेट १९ प्रतिशत ठूलो हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *