कामना सेवा बैंक र इष्टर्न एजेन्सीज बीच सम्झौता
Investopaper, भाद्र २०, २०७६
कामना सेवा विकास बैंक लिमिटेड र इष्टर्न एजेन्सीज प्रा. लि. बीचमा व्यापार सम्झौता सम्पन्न भएको छ । यस बैंककाे केन्द्रीय कार्यालय काठमाडौं ३०, ज्ञानेश्वरमा रहेको छ ।
यस सम्झौता अनुसार इष्टर्न एजेन्सीज प्रा. लि मार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा आइसर ब्राण्डका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र इष्टर्न एजेन्सीज प्रा. लि. को तर्फबाट प्रबन्धक निर्देशक डिम प्रसाद पौडेलले हस्ताक्षर गर्नुभएको थियो ।
यस बैंकले देशका विभिन्न स्थानमा रहेका ९८ वटा शाखा तथा ४५ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एविबिएस, माेबाइल बैंकिंग, एसएमएस बैंकिंग र सि- आश्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको जानकारी गराइएकाे छ ।