कृषि विकास बैंककाे २१.०५ प्रतिशत लाभांश प्रस्ताव, वाेनश कति ?
Investopaper, Jan 11, 2019
काठमाडौं: कृषि विकास बैंक लि.को आज शुक्रवार विहान बसेको सञ्चालक समितिकाे ७२८ अाै बैठकले शेयरधनीलाई लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १५.०५३ प्रतिशत नगद र ६ प्रतिशत वाेनश शेयर सहित २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सरकारको अग्राधिकार शेयर सहित बैंकको हाल चुक्ता पूँजी १३ अर्ब ९३ करोड २५ लाख रहेको छ । बैंकमा ८ अर्ब ४९ करोड ९८ लाख १६ हजार साधारण र पाँच अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ सरकारको अग्राधिकार शेयर रहेको छ । सरकारकाे अग्राधिकार शेयर वापतकाे ६ प्रतिशत नगद लाभांश समेत प्रस्ताव गरेकाे छ। बैंकले सर्वसाधारण शेयरधनीलाई प्रस्ताव गरेको ६ प्रतिशत बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ९८ लाख ५ हजार पुग्नेछ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूलाइ वितरण गरिने बैंकले जनाएको छ ।