कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल कुमार उपाध्याय नियुक्त
INVESTOPAPER, Dec 26, 2018
काठमाडौं। कृषि विकास बैंक को प्रमुख कार्यकारी अधिकृतमा अनिल कुमार उपाध्याय खुला प्रतिस्पर्धाबाट आगामी चार बर्षका लागि नियुक्त हुनु भएकाे छ । पूर्व कार्यकारी प्रमुख लीलाप्रकाश सिटौलाको कार्यकाल गत मंसिर २७ गते सकिने भएपछि नयाँ प्रुमख कार्यकारी अधिकृतकाे लागी बैंकले मंसिर २३ गतेसम्म आवेदन दिन आह्वान गरेको थियो।
व्यावसायिक कार्ययोजना सहित प्रमुख कार्यकारी अधिकृतकाे आवेदन माग गरिएकाेमा १७ जनाले आवेदन दिएका थिए । यसमध्ये अनिल कुमार उपाध्याय सहित कपिलमणि ज्ञवाली, नरेश कुमार राेक्का, पूर्ण प्रसाद अाचार्य र शंकर कुमार रायमाझी समेत ५ जनालाई सर्टलिस्ट गरिएको थियो । छनाैट समितिले पहिलाे चरणकाे सर्टलिष्ट पछि व्यवसायिक कार्ययाेजनाकाे अाधारमा तीनजना अनिल कुमार उपाध्याय, पूर्णप्रसाद आचार्य र शंकर रायमाझीको नाम सिफारिश गरेको थियो। सिफारिसमा परेका तीन प्रतिस्पर्धीमध्ये बैंक सञ्चालक समितिले उपाध्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कृषि बिकास बैंक लि का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत श्री अनिल कुमार उपाध्याय लामो समयदेखि बैंकको उच्च ब्यवस्थापनमा काम गरेर खारिएका ब्यक्ति हुनुहुन्छ । कृषि विकास वैंककाे ३० बर्षे जागिर अवधिमा देशका विभिन्न भागमा रहेका कार्यालयहरूमा कार्यरत रहि फिल्डका समस्याहरूकाे वारेमा चिरपरिचित हुनुहुन्छ भने मुख्य कार्यालयमा उच्च व्यवस्थापनमा पनि लामे समयकाे अनुभव छ । वहाकाे कार्यकालमा कृषि विकास वैंकले राम्राे प्रगति गर्ने स्राेतहरूकाे दावि छ ।