के गर्दैछन लगानीकर्ता संघहरू ? पूंजीगत लाभकरकाे विषय भाेली टुंगिएला ?
Investopaper, श्रावण १४, २०७६
नयां आर्थिक वर्षकाे शुरूवातदेखि ल्याप्चे युगकाे शरूवात भयाे भन्दै लगानीकर्तामा एक प्रकारकाे राेष छताछुल्ल भएकाे छ । सवै नियमाकारी निकाय लगानीकर्ताहरूसंग सहानुभूति प्रकट गर्छन भने समस्या समाधानकाे सार्थक पहल भएकाे छैन ।
यसै विच आज लगानीकर्ताका पांचवटै संघहरूले संयुक्त बिराेध पत्र निकालेर नेपाल धिताेपत्र वार्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीलाइ बुझाएका छन । विरोध पत्रमा ल्याप्चे आंतकको अन्त्य गर्न माग गरिएको छ भने लगानीकर्तालाई ल्याप्चे नलगाउँन र आवश्यक परे आन्दोलनमा उत्रिन समेत आग्रह गरिएको छ ।
विरोध पत्रमा इनभेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार, शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल, नेपाल पुँजी बजार लगानीकर्ता संघकि अध्यक्ष राधा पोखरेल, शेयर लगानीकर्ता दबाब समुहका अध्यक्ष हरि ढकाल र नेपाल पुंजीबजार संघकी अध्यक्ष संरक्षणा चौधरीले हस्ताक्षर गरेका छन् ।
अर्काे तर्फ हकप्रद र बोनसमा लाग्ने पुँजीगत लाभकरको विषय टुङ्ग्याउन भाेली बुधवार सरकारले सर्वपक्षीय भेला बोलाएको छ। आइतबार अर्थमन्त्रालय पुगेका सङ्गठित लगानीकर्ताका प्रतिनिधिसँगको भेटमा राजस्व सचिव लालशङ्कर घिमिरेले सर्वपक्षीय भेला बोलाउने निर्णय गरेको जानकारी एक प्रतिनिधीले गराएका छन ।
उक्त सर्वपक्षीय भेला/छलफलमा सबै नियमनकारी निकायहरू, आन्तरिक राजश्व कार्यालय तथा पांचवटै संघका प्रतिनिधीहरूकाे उपस्थिति हुने बताइएकाे छ । भाेली यस बिषयले निकास पाउने हाे वा घाउ अझ बल्जिदै जाने हाे भेलाकाे अन्त्यसम्म कुर्नु नै पर्ने छ ।
लगानीकर्तालाइ परेकाे असुविधा प्रति नियमनकारी निकायले पनि नजिकैबाट नियालिरहेका तथा सकारात्मक रहेकाे जवाफ दिन्छन । यसैगरि लगानीकर्ता पनि ल्याप्चे नलगाउनेगरि समस्या समाधान गरिदिनुपर्ने पक्षमा भएकाले अवश्य निकास निस्कनेमा संधका नेताहरू ढुक्क देखिन्छन ।