आरएमडीसी लघुवित्तको वित्तीय बिवरण निस्क्याेः खराब कर्जा शुन्य,जगेडाकोष दाेब्बर

Investopaper, श्रावण १४, २०७६ 

आरएमडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५/०७६ काे वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले २९.०७ प्रतिशतले नाफा तथा प्रतिशेयर आम्दानी बढेर ४१.५९ रूपैया पुगेको छ ।

लघुवित्तले गत आर्थिक वर्षमा ३३ करोड २४ लाख खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा २९ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्ष लघुवित्तले २५ करोड ७५ लाख कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीकाे चुक्ता पूँजी ७९ करोड ९३ लाख छ भने जगेडाकोषमा एक अर्ब ६१ करोड जम्मा भएको छ । जगेडाकोषमा २५ प्रतिशतको वृद्धि भएको हो ।

लघुवित्त कम्पनीहरुलाई थोक कर्जा प्रवाह गर्ने यस लघुवित्तले ६ अर्ब ६३ करोड रुपैयाँ ऋण लिएर ८ अर्ब २२ करोड कर्जा परिचालन गरेको छ । समीक्षा अवधिमा लघुवित्तले ४८ करोड ३१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १९ प्रतिशतले धेरै हो ।

आरएमडीसीमाइक्राेफाइनान्सका प्रमुख वित्तीय सुचकांकहरू यस प्रकार रहेका छनः

  • चुक्ता पुंजी ७९ करोड ९३ लाख ९८ हजार छ र कुनै फेरबदल भ्एकाे छैन ।
  • यस अवधिमा भाखा नाघेकाे कर्जा शून्य प्रतिशत छ,
  • यस अवधिमा लघुवित्तकाे प्रति सेयर आम्दानी (ईपिएस) ४१ रूपैया ५९ पैसा,
  • प्रति सेयर नेटवर्थ ३०२.०८ रूपैंया,
  • पूंजी प्रयाप्तता अनुपात २४.६८ प्रतिशत,
  • कोषको लागत ८.९८ प्रतिशत,
  • मूल्य आम्दानी अनुपात १५.८९ गुणा रहेकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *