कोरोना : ‘भुटिन्छ भुंग्रोभरी’

--  शिव अधिकारी  

भन्छन मानिस मृत्यूको लहरले संसार ढाकि सक्यो
त्यै मृत्यू डर वन्दकी हुन गई यो युग सिंङ्गै दुख्यो
पानीको तह कर्कलासंग जति टल्कन्छ मोति सरी
त्यस्तै क्षणीक जिन्दगी छ र कठै जाँदै छ मान्छे मरि

मृत्यू सत्य छ सत्य छैन युगको आधार श्री सम्पत्ति
त्यस्तैमा पनि मृत्यू देखि जहिल्यै यो त्रास बोक्नु कति
कोरोना अव कोसेली सरी बन्यो अन्तिम यात्रा पनि
आएको छ यो युग ढाकी सहजै कस्को कमारो बनि

गीता भन्दछ कर्म मात्र सबको साथै हुने सत्य हो
त्यस्तो सत्य बचाउनै अब छिटै औतार मेरै न हो
यस्तो वाक्य सुनेर अर्जुन पनि श्रीकृष्णकै साथमा
जे जे ज्ञान लिदै थिए भूवनको रक्षा हुने ताकमा

त्यै बाटो गरि युद्धमा धनु लिदै अर्जुन लागि परे
महाभारतको कथा समरको त्यै लेखिएको अरे
पापीलाई समाप्त पार्न धरती रक्षा गरौँ लौ भनि
त्यस्तो युद्ध भएछ सज्जन हुनन विज्ञानका नै धनि

आजै यो युग युद्धको लहरझै लड्दै कोरोना संग
कोही छैन धनि गरिवहरु ख्वै कालो र गोरो रंग
सारा श्रृष्टि भयो यसै थरहरी शक्ति भएता पनि
केही गर्न सकिन्न व्यर्थ किन हो नेता भयौँ ख्वै भनि

धिक्कार्छन रुनुमात्र बाँकी तिनको यो त्रासमा बल्झियो
सारा सम्पत्ति व्यर्थभो समरमा लुट्पाट जे जे भयो
यस्तैमा अव कोरोना झरि सक्योे संसार ढाकि यहाँ
बाँकी स्वर्ग तपो भूमि हिमगिरी हामी बसेछौ जहाँ

नेपाली युग सत्यको प्रहरमा गर्छौ तपस्या पनि
विश्व शन्ति निमित्त जीवन स्वयं दिन्छौँ भलो होस भनि
नेपालीहरु युद्ध होस जति यहाँ देखाउदै विरता
लड्दै विश्व बचाउने जति थिए नेपाली पौरुखता

कस्ले छुन्छ स्वतन्त्र छन सब जना हौँ विर जाती भनि
यै माटो छ पवित्र हामिहरुको यो देव भूमि पनि
बैरीलाई सखाप पार्न सहजै बन्छन ती आगो सरी
कोरोना अब नस्ट हुन्छ सहजै भुटिन्छ भुंग्रो भरी

— बाबाधामको कोसेली १४ चैत्र २०७६ (२७ मार्च २०२०)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *