गजल : मान्छे भगवान बन्छन
— सिर्जुशाह
कहिले प्रचण्ड गर्मि , कहिले तुफान बन्छन
अचेल शब्दशब्दमा, मान्छे भगवान बन्छन !
मान्छेहरु पनि मान्छे, जस्तै लाग्दैनन किन ?
चिनेकै आफ्नाहरु नि, नचिन्ने अन्जान बन्छन !
साथ मै स्वार्थ देख्छन, साथी मै ब्यपार हुन्छ
सोझाहरु आजभोलि, कसैको वहान बन्छन !
माली कै पसिनाले , मुस्काउछन फूलहरु
शून्य हुन्छ झुपडी , महलमा बगान बन्छन !
यस्तै छ सन्सार यहाँ, टेका लाउने तलै छ्न
उचाईमा जानेहरु , सबैका सम्मान बन्छन !!
#सिर्जुशाह
