गुणस्तर परीक्षण गर्न संकलित सुन गायव, छानविन हुँदै

Investopaper, असाैज २९, २०७६

गुणस्तर परीक्षण गर्न नमुना संकलन गरेर ल्याइएको सुन तत्कालीन वाणिज्य तथा आपूर्ति विभागबाट गायव भएको छ । २०६९ सालदेखि परीक्षणका लागि ल्याइएका करिव सयवटा सुन पसलका सुन गायव पारिएको नेपाल सुन चाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले बताए ।

उनका अनुसार उपत्यकाका ४० र उपत्यका बाहिरका करिव ६० वटा सुनचाँदी पसलबाट परीक्षणका लागि नमुना संकलन गरिएको थियो।
परीक्षणपछि रिपोर्ट पनि आइसकेको तर व्यवसायीबाट ल्याइएको सुन भने फिर्ता नगरिएको उनको आरोप छ। उनका अनुसार एउटा पसलबाट १ देखि २ तोलासम्म सुन नुमनाका लागि भनेर अनुगमनमा खटिएका विभागका कर्मचारीले लगेका थिए।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले सुन फिर्ता नगरिएको स्वीकार गरे । उनले उक्त समयमा आफू नरहेको र त्यसबारे छानविन गरिने प्रतिक्रिया दिएका छन् । उनले भने, ‘अनुगमनमा गएका कर्मचारीले सुन ल्याएका हुन् । फिर्ता गरेका छैनन् भन्ने सही हो । अहिले म आएपछि त्यस्तो भएको छैन । कस्कस्को पालामा त्यस्तो भएको रहेछ म छानविन गर्छु ।’

संघका वरिष्ठ उपाध्यण शाक्यका अनुसार ५/६ वर्ष भइसकेको र सरकारी कर्मचारीले झन् अप्ठ्यारोमा पार्न सक्छन् भनेर आफूहरु चुप लागेर बसेको बताए । महानिर्देशक गौतमले जसरी पनि सुन फिर्ता गरिने आश्वासन दिएका छन् ।

तत्कालीन वाणिज्य तथा आपूर्ति विभागमा सुन उठाइएको समयमा गोकुलप्रसाद धिताल, कुमार दाहाल र नारायणप्रसाद विडारी महानिर्देशक थिए । यस्तै अनुगमन शाखामा निर्देशक लक्ष्मण श्रेष्ठ र हरिनारायण बेल्वासे थिए । श्रेष्ठ र बेल्वासेले विभागमा जानकारी नै नगराई उपत्यका बाहिर गएर नमुना संकलनका लागि भन्दै सुनपसलबाट सुन उठाएर ल्याएका थिए ।

दुईवर्षअघिवाणिज्य तथा आपूर्ति विभागको नाम परिवर्तन गरेर वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग बनाइएको थियो ।  यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *