गुराँस लाइफ इन्स्योरेन्सकाे ८ प्रतिशत लाभांश दिने प्रस्ताव

Investopaper,  Jan 15, 2019

काठमाडौंः  गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (Gurans Life Insurance Co. Ltd.) ले ८ प्रतिशत लाभांश वितरण गर्ने घोषण गरेको छ ।

कम्पनीकाे यही पुस ३० गते बसेको संचालक समितिको बैठकबाट शेयरधनीलाई कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतितश नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।

हाल कम्पनीकाे चुक्ता पूंजी ४९ कराेड ४० लाख छ भने ८ प्रतिशत वाेनस शेयरले हुने ४ करोड ७५ लाख समावेश गर्दा कम्पनीकाे चुक्ता पूंजी ६४ कराेड १५ लाख पुग्ने छ ।

उक्त लाभांश प्रस्ताव बीमा समिति र आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिने कम्पनीले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *