जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट
Investopaper, भाद्र १०, २०७६
सत्तरी वर्ष माथिका जेष्ठ नागरिकलाई आन्तरिक उडानको हवाई भाडामा ५० प्रतिशत छुट दिने योजना कार्यान्वयनमा ल्याउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले जनाएको छ ।
पर्यटनमन्त्री योगेश भट्टर्राले १४१ बुँदे कार्ययोजना सार्वजनिक गर्दै उक्त कार्यक्रमसहित उड्डयान क्षेत्रका सुधारका योजना सार्वजनिक गरेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा सञ्चालनमा ल्याउने, जनशक्ति उत्पादनका लागि फ्लाइङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्नेलगायतका योजना उनले सार्वजनिक गरेका हुन् ।
यसैगरि भ्रमण बर्ष २०२० लाइ मध्यनजर गर्दै सफलतापूर्बक सम्पन्न गर्न र लक्ष हासिल गर्नकाे लागि समेत विविध कार्यक्रमहरू समाबिष्ट गरिएकाे छ । हवाइ यातायातलाइ महत्वकासाथ हेरिएकाेे छ ।
बिस्तृत १४१ बुँदे कार्यक्रम पढनकाे लागी यहाँ क्लिक गर्नुहाेस ।
