ज्योति विकास बैंकको स्वतन्त्र सञ्चालकमा रेशमराज रेग्मी नियुत्त

न्भेष्टाेपेपर । माघ २७, २०८१

काठमाण्डाैँ । ज्योति विकास बैंक लि.को सञ्चालक समितिको ५०९ औं बैठकले बैंकको स्वतन्त्र सञ्चालकमा रेशम राज रेग्मीलाई नियुक्त गरेको छ ।

वरिष्ठ अधिवत्ता रेशमराज रेग्मीको नेपाल राष्ट्र बैंकमा करिब २५ वर्ष विभिन्न कार्यक्षेत्रमा कार्य अनुभव पनि छ । कानून विषयमा स्नातकोत्तर गरेका रेग्मीले नेपाल सरकार अन्तर्गत विभिन्न क्षेत्रमा पनि कानूनी सल्लाहकारका रूपमा योगदान दिँदै आउनुभएको छ ।

रेशम राज रेग्मीको लामो कार्य अनुभव तथा विषयगत कुशलता र दक्षताले यस बैंकलाई थप सबल तथा सफलता उन्मुख मार्गदर्शन प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।

ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटिएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *