डिजिटल एजुकेसन आइसिटी अवार्ड–२०२० बुढानीलकण्ठ स्कुलले पायाे

इन्भेष्टाेपेपर । पुष १३, २०७७ 

नेपाल टेलिकमसँग सहकार्य गरी विषम परिस्थितिमा पनि इन्टरनेटको माध्यमबाट पठनपाठन सुचारु गरिरहेको बुढानिलकण्ठ स्कुलले प्रविधि क्षेत्रको प्रतिष्ठित ‘डिजिटल एडुकेसन आइसिटी अवार्ड २०२०’ प्राप्त गरेको छ ।

शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउन प्रोत्साहन गर्ने उद्देश्यले सरकारी तथा सामुदायिक शैक्षिक संस्थालाई प्रदान गरिने उक्त अवार्डमा नेपालभित्र सञ्चालनमा रहेका सार्वजनिक शैक्षिक गुठीमा आबद्ध विद्यालयहरु, सामुदायिक विद्यालयहरु, क्याम्पस एवं विश्वविद्यालयहरु प्रतिस्पर्धीका रुपमा रहेका थिए ।

नेपालकै सबैभन्दा ठुलो प्रविधि अवार्डका रुपमा रहेको यस विधामा जम्मा २७ ओटा शैक्षिक संस्थाको नोमिनेसन भएको थियो । विभिन्न क्षेत्रका १४ जना विज्ञहरुको जुरी समूहले विभिन्न आधारमा थुप्रै चरणमा गरेको मूल्याङ्कनका आधारमा उक्त अवार्ड घोषणा गरिएको हो ।

यही पुस ११ गते होटल सोल्टी क्राउन प्लाजामा आयोजित पाँचौँ संस्करणको उक्त अवार्ड घोषणा कार्यक्रममा अनलाइन शिक्षामा पु¥याएको उल्लेखनीय योगदानको कदरस्वरुप बूढानीलकण्ठ स्कुललाई उक्त अवार्ड प्रदान गरिएको हो ।

कोभिड १९ को महामारीका कारण सिर्जित बन्दाबन्दीको समयमा २०७७ वैशाख महिनाको आरम्भदेखि नै अनलाइन कक्षा सञ्चालन गरेको बुढानिलकण्ठ स्कुलले नेपाल टेलिकमसँगको सहकार्यमा प्रविधिका क्षेत्रमा आमूल परिवर्तन गरी विद्यालयलाई प्रविधिमैत्री बनाएको छ । स्कुलले विश्वप्रसिद्ध माइक्रोसफ्ट टिम्सको प्रयोग गरी करिब ९८ प्रतिशत विद्यार्थीलाई समेटी सबै विषयका कक्षा सञ्चालन गर्नुका साथै विभिन्न परीक्षासमेत सञ्चालन गरेको छ ।

नेपालका दूरदराजमा रहेका विद्यार्थीहरुलाई अनलाइन कक्षामा समस्या नआओस् भन्ने उद्देश्यले अभिभावकको साथ, सहयोग तथा नेपाल टेलिकमको सहकार्यमा डाटा प्याकेज प्रदान गरेको छ ।

प्रविधिको उच्चतम प्रयोग गरी अनलाइन कक्षालाई थप प्रभावकारी बनाउन स्कुलमा कार्यरत प्रत्येक शिक्षकलाई ल्यापटप र पेनट्याब प्रदान गर्नुका साथै स्कुल व्यवस्थापन सफ्टवेयरको पूर्ण रुपमा कार्यान्वयन गरी विद्यार्थीलाई नतिजा तथा मासिक शुल्कका बारेका जानकारी दिने मोबाइल एप्लिकेसनसमेत सञ्चालन गरेको छ ।

स्कुलको प्रयासलाई लिभिङ विथ आइसिटी टिमले उच्च कदर गरेकामा खुसी व्यक्त गर्दै स्कुलका प्रिन्सिपल होमनाथ आचार्यले अवार्डले स्कुल परिवारलाई थप हौसला र जिम्मेवारी प्राप्त भएको बताउनुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *