डेभलप्मेन्ट एलाएन्स नेपाल चौथो वर्षमा प्रवेश

विजयराज पोखरेल

कृषि र कृषि कर्जाको क्षेत्रलाई लक्षित गर्दै सेवा प्रवाह गर्ने गरी स्थापना गरिएको डेभलप्मेन्ट एलाएन्स नेपाल प्रा.लि. चौथो वर्षमा प्रवेश गरेको छ । एलायन्स नेपाल मुलतः कृषि विकास बैंकबाट अवकाशप्राप्त कृषि कर्जाको क्षेत्रमा लामो अनुभव प्राप्त विज्ञहरुको समूहद्धारा प्रवद्र्धित संस्थाहो । यो संस्थाले विगत तीन वर्षदेखि विशेषगरी कृषि ब्यवसायमा संलग्नभएका र हुनचाहने कृषक तथा उद्यमीहरुलाई विभिन्न प्रकारका प्राविधिक, ब्यवस्थापकिय, बैंकिङ्गतथा बित्त एवं अन्य विविध परामर्श सेवा उपलब्ध गराउनुका साथै यस क्षेत्रमा आवश्यक तालिम प्रदान गर्दै आएको छ ।

बैंकका कर्मचारीहरुलाई कृषिकर्जाको विश्लेषण सम्बन्धमा आवश्यक सीप र ज्ञान प्रदान गर्न एलायन्स नेपालले योगदान पुर्याउँदै आएको छ । विगत लामो समयदेखि कृषि विकास बैकले कृषि क्षेत्रलाई केन्द्रित गरी कर्जा लगानी गरिरहेकोमा पछिल्ला केही वर्ष यता नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकहरुले कृषिकर्जामा लगानी गर्नै पर्नेे बाध्यात्मक ब्यवस्था गरेको छ । गत आ.व.मा बैंकहरुले आफ्नो कुल कर्जा तथा सापटको १० प्रतिशत अनिवार्य रुपमा कृषि क्षेत्रमामात्र कर्जा लगानी गर्नु पर्ने ब्यवस्था रहेकोमा यस आ.व. को मौद्रिक नीतिमा उल्लेख भए अनुसार उत्त सीमामा बृद्धि गरी १५ प्रतिशत पुर्याइएको छ ।

वाणिज्य बैंकका कर्मचारीहरुको कृषिकर्जा विश्लेषणमा दक्षता अभिबृद्धिको लगि पछिल्लो समयमा कृषि कर्जा विश्लेषण तालिमको माग बढ्दै गएकोले बैंकहरुको आवश्यकता अनुसारका कृषिका उपक्षेत्रहरु समावेश गरी कृषि वित्त तालिम संचालन गरिदैं आएको छ । हालसम्म एलायन्सले विभिन्न बैंकहरुका २५० जना बढी कर्मचारीहरुलाई उक्त प्रकारको तालिम प्रदान गरिसकेको छ । कृषिकर्जा लगानीको पर्याप्त अनुभव नहुँदा अधिकांश “क” वर्गका बैंकहरुलाई प्रभावकारी रुपमा कर्जा कार्यक्रम संचालन गर्न कठिनाइ रहेको सन्दर्भमा यस प्रकारको तालिमबाट गुणस्तरीय कृषि कर्जा प्रवाह गर्न सघाउ पुगेको छ ।

उत्कृष्ट प्राविधिक तथा वित्तीय सीप सहित नवीन विकासजन्य क्रियाकलापहरू सिर्जना गर्न तथा व्यवस्थापनगर्न सक्षम जनसमुदायका साथै स्वरोजगार समाजको निर्माण गर्ने एलायन्सको परिकल्पाना रहेको छ । यसै गरी विभिन्न सरोकारवाला, उद्यमी तथा विकास साझेदारहरूलाई आवश्यक पर्ने बहुविषयक परामर्श सेवा प्रवाह गर्ने ध्येय रहेको छ भने एलायन्सको लक्ष्य समाजलाई समृद्ध बनाउनका लागि दिगो विकास तथा रोजगारीका अवसर सिर्जना गर्न उद्यमी एवम् विकास इकाईहरूका प्राविधिक, वित्तीय र व्यवस्थापकीय सीपलाई सुदृढ गर्न सहयोग गर्ने रहेको छ ।

डेभलम्पेन्ट एलाएन्स नेपालमा विभिन्न विषयगत दक्षता भएका विज्ञहरुको समूह कार्यरत रहेको छ । यस समूहमा कृषि तथा पशुपालन, बैकिङ्ग, वित्त, योजना, ब्यवस्थापन अनुगमन तथा मूल्यांकन, तालिम, विकास तथा इन्जिनियरिङ्ग जस्ता क्षेत्रमा लामो अनुभव संगालेका विज्ञहरु आवद्ध रहेकाछन् ।

एलायन्सले कृषि तथा कृषि वित्त लगायत बिकासका विविध क्षेत्रहरुमा सहयोग पुर्याउन विभिन्न गतिविधहरु संचालन गर्दै आएको छ । यसका मुख्य गतिविधिहरु निम्न अनुसार रहेका छनः

—कृषि विकास, पशुपालन, मत्स्यपालन, एकिकृत कृषि, शीतघर घरेलु तथा साना उद्योग जस्ता क्षेत्रका ब्यवसाय संचालनका लागि परियोजनाका विभिन्न चरणहरुमा आवश्यक पर्ने परामर्श सेवा उपलब्ध गराउने ।

—कृषि, पशुपालन, उद्योग, पूर्वाधार विकास जस्ता परियोजनाहरुको संभावब्यता अध्ययन तथा विस्तृत परियोजना प्रस्ताव तयार गर्ने ।

—बित्तीय सहोगका लागि आवश्यक परियोजना प्रस्ताव तथा ब्यावसायिक योजना तयार गर्ने ।

—बैंकिङ्ग तथा वित्तिय परामर्श सेवा उपलब्ध गराउने ।

—बैंकिङ्ग, कृषि वित्त, लघुवित्त, साना तथा लघुउद्यम जस्ता क्षेत्रमा आवश्यक तालिम कार्यक्रम संचालन गर्ने ।

—कृषक तथा उद्यमीहरुलाई आवश्यक प्राविधिक तथा ब्यवस्थापकिय सहयोग उपलब्ध गराउने ।

—विभिन्न क्षेत्रमा अध्ययन एवं अनुसंधान गर्ने ।

—कृषि तथा उद्योगको क्षेत्रमा आवश्यक इन्जिनियरिङ्ग सेवा प्रदान गर्ने ।

एलायन्स आफ्नो परिकल्पान, ध्येय र लक्ष्य अनुसार आगामी दिनमा कृषि तथा कृषिवित्त क्षेत्रमा आवश्यक सहयोग पु¥याउन विभिन्नसरकारी÷गैर सरकारी संस्था, बैंक तथा वित्तीय संस्था एवं सरोकारवाला निकायहरुसंग सहकार्य गरी अगाडि बढ्न थप प्रतिबद्ध रहेको छ ।

(कृषि वित्त विज्ञ, डेभलम्पेन्ट एलाएन्स नेपाल प्रा.लि.)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *