तारागाउँ को धितोपत्र कारोबार आज बाट फुकुवा गरियो।
हप्ता दिन अघिदेखि स्थगन गरिएको तारागाउँ होटलको कारोबार आज जेठ १४ बाट फुकुवा गरिएको छ। धितोपत्र बजार मूल्यलाई प्रभाव पार्ने सूचनाहरु तत्काल उपलब्ध गराउनु पर्नेमा कम्पनीले सो पालना नगरेको भन्दै नेप्सेले तारागाउँ को धितोपत्र कारोबार स्थगन गरेको थियो।
तारागाउँ होटलले त्यसको स्पष्टीकरण बुझाएपछि नेप्सेले स्थगन गरेको कम्पनीको कारोबार फुकुवा गरेको हो। यस्तै अब उपरान्त यस्ता कार्य नदोहोर्याउन पनि नेप्सेले कम्पनीलाई सचेत गराएको छ। तेस्रो त्रैमासमा ३५.६५ करोड खुद नाफा कमाएको होटल समूह को सो कम्पनीको प्रतिशेयर आम्दानी २५.१९ रुपैया रहेको छ।
अब तारागाउं का शेयरधनीहरुले भोलिबाट शेयर किनबेच गर्न सक्नेछन्।
होटल समूहकै अरु कम्पनी सँगको तुलनात्मक विश्लेषण हेर्न यहाँ क्लिक गर्नुहोस्।
