एनएलजी इन्स्योरेन्सकाे विशेष साधारण सभा सम्पन्नः ६० प्रतिशत हकप्रद निष्काशन गर्ने

एनएलजी इन्स्योरेन्सले ६० प्रतिशत अर्थात १० कित्ता बराबर ६ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सको जेठ १४ गते मंगलबार सम्पन्न विषेश साधारण सभाले चुक्ता पूँजी पुर्याउन हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारण सभाले हाल कायम चुक्ता पूँजी ६४ करोड ४ लाख रुपैयाँ बराबरको ६० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको हो । हकप्रद पछि इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब दुइ करोड रुपैयाँ पुग्नेछ ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरणबाट बोनस वितरण गरी अपुग चुक्ता पूँजी हकप्रद जारी गरी पुर्याउने तयारी गरेको भएपनि साधारण सभा सम्पन्न गर्न समय लाग्ने भएपछि हकप्रदको बाटो रोज्नु परेको उल्लेख गरेको छ ।

हालै लागू गरिएकाे एनएफआरएस प्रणली अनुसार वित्तीय विवरण तयार भई साधारण सभा सम्पन्न गर्न समय लाग्ने भएपछि ६० प्रतिशत हकप्रद निष्काशन गरी बीमा समितिले तोकेको न्युनतम चुक्ता पूँजी पुर्याउन लागेको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *