दक्षिण अफ्रिकी महिलाले एकै पटक दश सन्तानलाई जन्म दिइन

इन्भेष्टोपेपर । जेष्ठ २७, २०७

काठमाडौं ।  एकजना दक्षिण अफ्रिकी महिलाले दश जना सन्तानको जन्म दिनुभएको छ । यसअघि एक जना अमेरिकी महिलाले सन् २००९ मा आठ जना शिशुको जन्म दिनुभएको थियो । उक्त दुलर्भ घटना गिनीज बुक अफ वल्र्ड रेकर्डमा सूचीकृत छ । गत् महिना मात्रै मोरक्कोकी एक जना २५ वर्षीया महिलाले नौ सन्तानको जन्म दिनुभएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अफ्रिकी महिला गिसैमे थिमारा सिथोलेले सोमबार दश सन्तानको जन्म दिनुभएको हो । दक्षिण अफ्रिकाको प्रिटोरियामा एक अस्पतालमा उहाँलाई भर्ना गरिएको थियो । सुत्केरी हुनुभएकी सिथोलेकी श्रीमानले एक महिना पूर्ब गरिएको ‘स्क्यान’मा आठ जना मात्रै देखाएकोमा जन्म हुँदा दश शिशु रहेकोमा आश्चर्यमा परेको प्रतिक्रिया दिनुभयो । सिथोलेको स्वास्थ्य अवस्था हाल स्थिर रहेको जनाइएको छ । चिकित्सकले दुई शिशु अन्य नलीमा रहेको पछि मात्रै थाहा पाएका थिए ।

जन्मिएका शिशुमा सात छोरा र तीन छोरी छन् । सिथोलेकी श्रीमानले भन्नुभयो, “म धेरै कुरा गर्न चाहन्न, यद्दपी अत्यन्तै भावुक र खुशी छु ।” बीबीसीसँगको कुराकानीमा परिवारका एक जना सदस्यले जन्मिएका दश शिशुमध्ये पाँचको प्राकृतिक बिधिबाट र पाँच शल्यक्रियाबाट निकालिएको बताए । स्क्यानबाट गर्भमा रहेको बच्चाको संख्या जानकारी पाउँदा गर्भमा कसरी बस्ने र कसरी बाँच्ने आफैंमा कौतुहलता जागेर चिन्तित हुन पुगेको प्रतिक्रिया दिनुभएको थियो ।

३७ वर्षीया सिथोलेले यसअघि जुम्ल्याहा शिशुको जन्म दिनुभएको थियो । जुम्ल्याहा शिशु हाल छ वर्षका छन् । एकेपटक १० जना बच्चाहरू पाएकाे घटना गिनीज बुक अफ वल्र्ड रेकर्डमा सूचीकृत हुने छ । यसअघि एकै पटकमा नौ जना बच्चा जन्मिएका दुईवटा घटना अभिलेखमा छन्। तर तीमध्ये कुनै पनि बच्चा केही दिनभन्दा बढी बाँच्न सकेनन्। (गाेरखापत्रबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *