द्रुत मार्गमा अप्टिकल फाइबर बिछ्याउने सहमति

इन्भेष्टाेपेपर । पुष १३, २०७७ 

नेपाल टेलिकम र काठमाडौ­-तराई/मधेश द्रुत सडक आयोजनाबीच अप्टिकल फाइबर बिछ्याउन सम्झौता सम्पन्न भएको छ । राजधानीलाई मधेशसँग जोड्ने तुलनात्मक रुपमा निकै छोटो (७२.५ कि.मी) मानिएको र नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन सो सडकमा अप्टिकल फाइबर बिछ्याउने प्रावधानहरुसहित आयोजना र टेलिकमबीच सहमतीमा हस्ताक्षर भएको हो ।

नेपाल टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र सो द्रुतमार्ग सडक आयोजनाका तर्फबाट आयोजना प्रमुख प्राविधिक सहायक रथी विकास पोखरेलबाट सम्झौतामा हस्ताक्षर भएको छ । विभिन्न प्याकेजमा चरणगत रुपमा निर्माण हुने दु्रत सडक आयोजना निर्माणका क्रममा नै अप्टिकल फाइबरसँग सम्बन्धित् ठेक्का समावेश गरी आवश्यक संरचना निर्माण गर्दै जाने व्यवस्था सम्झौतामा उल्लेख गरिएको छ ।

अत्यन्त तीव्र गतिमा निकै ठूलो परिमाणमा डाटा आदान प्रदान गर्न सकिने अप्टिकल फाइबर प्रविधि जडानका लागि जमिन खन्ने, पाइप बिछ्याउने र त्यसमा केबल राख्ने कार्य गर्नुपर्ने हुन्छ । यस कार्यमा लाग्ने आर्थिक व्ययभार नेपाल टेलिकमले व्यहोर्ने छ साथै अप्टिकल फाइबर बिछ्याउने कार्यको प्राविधिक सुपरभिजन लगायतका कार्य कम्पनीका तर्फबाट निरन्तर गरिने नेपाल टेलिकमले जनाएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *